इलामबाट नेकपाका पाँच जना गिरफ्तार

इलाम : इलामबाट नेपाल कम्युनिस्ट पार्टीका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा अमृत मगर (भोजपुर), केबी लिम्बु (ताप्लेजुङ), बाबा लिम्बु (झापा), विमल बस्नेत (इलाम) र विक्रम राई (धनकुटा)लगायतलाई गिरफ्तार गरेको स्रोतले जनाएको छ । उनीहरूलाई इलामको फाकफोक गाउँपालिका १ आँपचोकबाट मङ्गलबार गिरफ्तार गरेको नेकपा पूर्वी कमान्डले जनाएको छ । नेकपाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा उनीहरूलाई गिरफ्तार गरिएको स्रोतले जनाएको छ ।

२०७५ फागुन १४ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :