ललितपुर : १२ गते आइतबार ललितपुरस्थित एनसेलको केन्द्रीय कार्यालयमा भएको घटनालाई लिएर सरकारले उपत्यकामा रातविरात छापामार्ने, अनावश्यक धरपकड गरी आतङ्क मच्चाउने काम गरेको छ । सरकारी आतङ्कप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । केन्द्रीय सदस्य उत्तमको घरमा दुईपटक छापामारिएको छ भने ललितपुर जिल्ला सेक्रेटेरी विपीनको घरमा पनि छापामारिएको छ । अन्य शुभचिन्तक तथा सर्वसाधारणको घरमा पनि सरकारले छापामारेर आतङ्क मच्चाएको छ ।
सरकारले बिनाकारण गरेको यस्तो हर्कत रोक्न नेकपाले विशेष आग्रह पनि गरेको छ । यस्तो हर्कत नरोकिएमा कडाभन्दा कडा प्रतिरोध गर्न बाध्य हुने चेतवनी विज्ञप्तिमार्फत दिइएको छ । विज्ञप्तिकाे पूर्णपाठ…
२०७५ फागुन १४ गते मङ्गलबार प्रकाशित