नेकपाका पर्शा सेक्रेटरी यादवसहित २ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा नेकपा पर्शाका जिल्ला सेक्रेटरी बुकी यादव, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक राधेश्याम शाह छन् । उनीहलाई शनिबार पर्शाबाट प्रहरीले गिरफ्तार गरेको नेकपा नारायणी ब्युरोले जनाएको छ । ब्युरोका इन्चार्ज मिलनले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै जनताको न्यायिक आन्दोलनमा सरकार दमनको नीतिमा अघि बढेको बताएका छन् । उनले गिरफ्तारमा परेका नेताकार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

२०७५ फागुन १३ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :