राष्ट्रिय थारू मुक्ति मोर्चा चितवनमा नयाँ नेतृत्व


चितवन : ने.क.पा. को जनवर्गीय सङ्गठन राष्ट्रिय थारू मुक्ति मोर्चा चितवनको नन्दु थारूको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।

 

मोर्चाका केन्द्रीय उपाध्यक्ष बुद्धि थारूको प्रमुख आतिथ्य, जिल्ला सेक्रेटरी धु्रव, प्रेम, मीन, रणदीप, सिसम, बुद्धि, अञ्जनालगायतको उपस्थितिमा सम्पन्न जिल्ला सम्मेलनले कार्यसमिति चयन गरेको हो । जिल्ला सेक्रेटरी ध्रुवले मन्तव्य व्यक्त गर्दै दलाल राज्यसत्ता ध्वंस नगरी थारूहरूको मुक्ति हुन नसक्ने बताए । उनले थारूको हकहितका लागि आफू जुनसुकै स्थितिमा जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।

२०७५ फागुन १२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :