अरू पार्टी छोडेर नेकपामा प्रवेशको लहर


कैलाली :नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारीमा विभिन्न पार्टीका कार्यकर्ता आफ्नो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको समाचार प्राप्त भएको छ ।
पार्टी प्रवेश गर्नेहरूमा पूर्वमाकेबाट क्रमशः शिवराम राना, श्याम राना, गौरीलाल नेपाली, रणे विक, अर्जुन, विकास चनारा, लक्ष्मण विक, धनलाल नेपाली, चन्द्रराज जोशी, मन्टुराम चौधरी, विकास नेपाली, लोकबहादुर आउजी, देवबहादुर नेपाली, शान्ति कोली, दिलु आउजी र थमनसिंह गुरुङ छन् ।

त्यस्तै नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेमा रामबहादुर विक रहेका छन् । नवप्रवेशीलाई कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले टीका लगाई स्वागत गरेका थिए ।

२०७५ फागुन १२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :