एनसेल टावर विस्फोटको जिम्मा नेकपाले लियो, विस्फोट हामीले नै गराएका हौँ : सुदर्शन

काठमाडौँ : ललितपुरको नख्खुलगायत देशका विभिन्न स्थानमा रहेका एनसेल टावरमा शुक्रबार साँझ गराइएको विस्फोटको आधिकारिक जिम्मा नेकपाले लिएको छ । नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आइतबार साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै त्यसको पुष्टि गरेका हुन् ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालयअगाडि गराइएको विस्फोटमा एक सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई दुःख लागेको उनले बताए । विस्फोटमा आफूहरूले सर्वसाधारणलाई निशाना नबनाएको तर दुर्घटनाबाट उक्त क्षति भएकोमा आफूहरू दुःखी भएको सुदर्शनले बताए ।

एनसेलले राज्यलाई तिर्न बाँकी रहेको पुँजीगत लाभकरतर्फ इङ्गित गर्दै सुदर्शनले लुटको प्रतिकारस्वरूप पार्टीले उक्त कदम चालेको प्रस्ट पारे । राज्य दमनमा उत्रिए त्यसको कडा प्रतिरोध गरिने उनको भनाइ थियो ।

 

२०७५ फागुन १२ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :