नेकपा सर्लाहीका तीन नेता–कार्यकर्ता गिरफ्तार

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सार्लाहीका तीनजना नेता–कार्यकर्तालाई प्रहरीले शनिबार गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा जिल्लाको क्षेत्र नं. एकका इन्चार्ज सीताराम शाह, जुमराती मन्सुर र मानबहादुर वाइबा छन् । शाहलाई चन्द्रनगर गाउँपालिका ४ बाट, जुमराती मन्सुरलाई वडा नं. ५ बाट र वाइबालाई बागमती नपा ११ बाट गिरफ्तार गरिएको नेकपा जनकपुरले जनाएको छ ।

पार्टीका नेता–कार्यकर्तालाई प्रहरीले आआफ्नै घरबाट बिनाकरण गिरफ्तार गरेको जानकारी पनि नेकपाले दिएको छ । पार्टीले सरकारको उक्त घटनाप्रति आपत्ति जनाउँदै तीनैजनालाई तत्काल रिहा नगरे सङ्घर्षमा जाने चेतावनी पनि दिएको छ ।

२०७५ फागुन ११ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :