राष्ट्रिय थारू मुक्ति मोर्चाले लियो जग्गा नियन्त्रणमा

 चितवन : राष्ट्रिय थारू मुक्ति मोर्चा नेपाल चितवनले यसअघि विवादित रहेको र न्यायिक समितिले एकपटक मिलाइसके पनि दलालले हडपिराखेको जग्गा नियन्त्रणमा लिएको छ । साबिक बछौली ६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको हाल रनपा ६ मा रहेको कि.नं. ८. क २७० को जग्गा बिघा ०–१४–१ कि.नं. ८ क २७१ को ०–२–६ र कि.नं. ८ ग २४४ को ०–१२–१६ गरी१–९.३ बिघा जग्गा मोर्चाले नियन्त्रणमा लिएको हो ।
उक्त जग्गा कुनै व्यक्ति वा समूहलाई खरिदबिक्री र धितोस्वरूप केही नगर्न पनि मोर्चाले आग्रह गरेको छ । बेवास्ता गरेको खण्डमा उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनी मोर्चाले दिएको छ ।

मेर्चाले उक्त जग्गा भूमाफिया टीका कँडेल, केशव लामिछानेलगायत जग्गा दलालले जालसाजी गरी हडप्न खोजेको र चितवन जिल्ला न्यायिक समितिले दुवै पक्षलाई राखी छलफल गराई निर्णय गरिसकेको अवस्थामा उक्त निर्णयलाई बेवास्ता गरिएकाले उक्त जग्गाको सम्बन्धित पक्षले न्याय नपाएसम्म नियन्त्रणमा लिइएको राष्ट्रिय थारू मुक्ति मोर्चा नेपाल चितवनले जनाएको छ ।

२०७५ फागुन ११ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :