युवा सङ्गठन चितवनका संयोजक पार्टीबाट निष्कासित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले चितवनका कार्यकर्तालाई पार्टी नीतिविपरीत काम गरेको भन्दै निष्कासित गरेको छ ।
चितवनका सेक्रेटरी ध्रुवले विज्ञप्ति निकालेर नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल चितवनका संयोजक किरणलाई पार्टी नीतिविपरीत काम गरेकाले पार्टीको कुनै तहमा नरहने गरी निष्कासन गरिएको जनाएका छन् ।
ध्रुवले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य राखी सङ्घर्षरत हाम्रो पार्टी श्रमिक र उत्पीडित जनताको पार्टी हो । अहिले पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा सबै नेता–कार्यकर्ता सक्रिय रूपमा सहभागी छन् तर संयोजक किरणले अभियानकै क्रममा पार्टीको नीतिविपरीत कार्य गरेकाले कुनै तहमा नरहने गरी निष्कासन गरेको जानकारी गराउँछौँ ।’

२०७५ फागुन ११ गते शनिबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :