महिलाकी केन्द्रीय अध्यक्ष बन्धु चन्द गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई अछामको पुन्नीतलाबाट प्रहरीले आज अर्थात शनिबार गिरफ्तार गरेको नेकपाले जनाएको छ । नेत्री चन्द नेकपाले गत माघ १ गतेदेखि सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत सेती  ब्युरोको प्रमुख समेत रहेकी छिन् । चन्दको गिरफ्तारीको भत्र्सना गर्दै नेकपाले बिनासर्त तत्काल रिहाइको माग गरेको जानकारी प्राप्त भएको छ ।

२०७५ फागुन ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :