नेकपा झापाका जिल्ला सदस्य गिरफ्तार, रिहा नगरिए परिस्थिति गम्भीर हुने चेतावनी

 

झापा : नेकपा झापाका जिल्ला सदस्य देवी उप्रेती पक्राउ परेका छन् । सोमबार दिउँसो सुरुङ्गा बजारबाट उनलाई गिरफ्तार गरिएको हो । उनलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालय झापाले अभद्र व्यवहार गरेको भन्दै ३ दिनको म्याद थपेर इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको छ ।

यसैबीच नेकपा झापाले विज्ञप्ति जारी गरेर उप्रेतीलाई तुरुन्त रिहा गर्नुपर्ने बताएको छ । पार्टीका झापा सचिव सुमनसिंह पौडेलद्वारा जारी विज्ञप्तिमा अविलम्ब रिहा नगरिए परिस्थिति गम्भीर हुने भनिएको छ । विज्ञप्तिमार्फत जिल्लाका प्रशासनिक निकायलाई हचुवाका भरमा कुनै दलालले भनेकै आधारमा राजनीतिक व्यक्तिलाई पक्राउ नगर्न सुझाव दिइएको छ । सुराकी र षड्यन्त्रकारीको सूची क्रान्तिकारीहरूसँग रहेको भन्दै तिनीहरूलाई उचित कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

२०७५ फागुन ७ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :