साउदीमा मनाइयो जनयुद्ध दिवस

अधिवेशनको भव्य तयारी


साउदी :नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा साउदीले रियादको जदिद सनाइयाको मजदुर सेल्टरमा २४ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाएको समाचार प्राप्त भएको छ । नेपाली मजदुरहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली जनप्रगतिशील मोर्चाका सल्लाहकार संयोजक दिल सुब्बाले सहिद परिवार तथा मोर्चा महासचिव टीकाराम ओली ‘सुरेश’ लाई खादा ओडाएर सम्मान गरेका थिए ।

सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेर आरम्भ गरिएको कार्यक्रमको अध्यक्षता सेते घर्तीमगरले र सञ्चालन दुर्गा ओलीले गरेका थिए । कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चाका उपाध्यक्ष युवराज कार्कीले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रीय सदस्य इन्द्र विकले जनयुद्धका घातीहरूलाई धुलो पार्न आग्रह गर्दै वीर सहिद र बेपत्ता योद्धाहरूको सार्वजनिकीकरणका विषयमा गीत प्रस्तुत गरेका थिए ।
मोर्चाका अध्यक्ष भानु प्रदेशीले प्रचण्ड–बाबुरामले अधुरो छोडेको क्रान्ति नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताए । सम्मेलनले तीर्थ पाख्रिनको संयोजकत्वमा ११ सदस्यीय समिति चयन गरेको छ ।

यसैक्रममा रियाद क्षेत्रीय समितिको दोस्रो भेलाले थोम गुरुङ अध्यक्ष रहेको ११ सदस्यीय समिति चयन गरेको जानकारी प्राप्त भएको छ । कार्यक्रममा सल्लाहकार संयोजक दिल सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमको अध्यक्षता सेते घर्तीमगरले गरेका थिए । कार्यक्रमको सञ्चालन दुर्गा ओलीले गरेका थिए । सहिद परिवारका छोरा नेपाली जनप्रगतिशील मोर्चा केन्द्रीय महासचिव टीकाराम ओली ‘सुरेश’ लाई सल्लाहकार संयोजक दिल सुब्बाले खादा ओढाई सम्मान गरेका थिए ।

२०७५ फागुन ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :