मजदुर मोर्चाको भक्तपुर जिल्ला भेला

भक्तपुर :अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ उपत्यका मजदुर विशेष ब्युरोअन्तर्गत यातायात टिमले निर्माण र यातायातको सम्मेलन सम्पन्न गरेको छ । अखिल नेपाल क्रान्तिकारी निर्माण र यातयात मजदुर सङ्घ भक्तपुरको यो छैटौँ सम्मेलन हो ।
उक्त भेलामा प्रमुख अतिथि अनेक्राट्रेयु महासङ्घका केन्द्रीय सचिवालय सदस्य शिशिर थापा थिए भने विशेष अतिथि जिल्ला पार्टी भक्तपुर सेक्रेटरी बुद्धि पुन थिए । अतिथिहरूमा विजय लामा, सरोजप्रसाद न्यौपाने, रामशरण तिमल्सिना, दीपेन्द्र घिमिरे, जितबहादुर श्रेष्ठ र देवराज गुरुङ थिए । प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले वैचारिक तथा राजनीतिक प्रशिक्षण दिएका थिए ।
सम्मेलनले निर्माणतर्फ १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ भने यातायातमा ११ सदस्यीय कार्यसमिति चयन गरेको जानकारी दिइएको छ ।

निर्माण जिल्ला कार्यसमितिमा अध्यक्ष घनबहादुर मगर, उपाध्यक्ष जयलाल पुन, सचिव पर्शुराम पुन, कोषाध्यक्ष गोविन्द श्रेष्ठ, सदस्यहरूमा दिलबहादुर मगर, सन्तोष बस्नेत, चन्द्रबहादुर राजी, थकेन्द्र चन्द, मानबहादुर रखाल, गोकर्ण राजी, मङ्गल यादव, लालबहादुर विक र मोहन विक छन् ।

 

त्यस्तै यातायात जिल्ला कार्यसमितिमा अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष गुम्बबहादुर राई, सचिव बिफुवा डङ्गोल, कोषाध्यक्ष सुकुबहादुर तामाङ, सदस्यहरूमा गङ्गामान तामाङ, बाबुराम बल र पासाङ शेर्पा छन् ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै प्रमुख अतिथि शिशिरले कथित समृद्धिको प्रचारमा रहेको दलाल संसदीय सत्ताको भ्रममा नपर्न र वैज्ञानिक समाजवाद स्थापनाको दिशामा महासङ्घको कार्ययोजनामा अघि बढ्न श्रमिकहरूलाई अपिल गरे ।

२०७५ फागुन ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :