माओवादी केन्द्रले रोज्यो जनविद्रोहको कार्यदिशा

  

काठमाडौँ : फागुन १ गते जनयुद्ध दिवसको अवसर पारी उद्घाटन गरिएको नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन गोपाल किराँतीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको छ । महाधिवेशनले जनविद्रोहको सामरिक कार्यदिशा र नयाँ नेतृत्वसहित महाधिवेशन सम्पन्न भएको जानकारी नवनिर्वाचित अध्यक्ष किराँतीले दिएका छन् ।

किराँतीले स्थानीय वर्गसङ्घर्ष उठान र संविधानको समाजवादी पुनर्लेखनसहितको पार्टीको तत्कालीन कार्यनीति पारित गरेको जानकारी दिए ।

महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रातो खबर साप्ताहिकका निर्देशक गुणराज लोहनीले क्रान्तिकारीहरूबीच पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताका लागि तयार रहेको भन्दै क्रान्तिकारी कार्यदिशा पारित गर्नका लागि पुनर्गठित माओवादी केन्द्रलाई शुभकामना दिएका थिए । यस्तै नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीताराम तामाङ र सीमाविद् बुद्धिनारायण श्रेष्ठले पनि महाधिवेशनमा शुभकामना दिएका थिए ।

महाधिवेशनले माओवादी केन्द्रको उपाध्यक्षमा तिलक थापा र रङ्गनाथ ढकाल, महासचिवमा कर्णजित बुढाथोकी ‘सुशील’, सचिवमा राजन तिम्सिना र विनोद उपाध्यायसहित ९९ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ ।

२०७५ फागुन ४ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :