क्रान्तिकारी ट्रेड युनियन महासङ्घको अभियान तीव्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत मजदुरले सङ्गठनले विस्तार अभियानलाई तीव्रता दिएको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घअन्तर्गत रहेको पेसागत सङ्गठन यातायात टिमले भक्तपुरमा सातवटा एकाइ समिति निर्माण गरेको छ भने इँटाभट्टामा कार्यरत मजदुरहरू सङ्गठित भएका छन् । अभियानमा, चम्पक इँटाभट्टा भक्तपुरका सयभन्दा बढी मजदुरहरू अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर सङ्घको एकाइमा आबद्ध भएका छन् ।

भक्तपुर चारदोबाटोस्थित इँटाभट्टा निर्माणमा रहेका मजदुरहरू सङ्गठित भएका छन् । भक्तपुरकै बोडेमा निर्माण मजदुरहरू सङ्गठित भई एकाइ निर्माण गरेका छन् । साथै भक्तपुरकै हनुमन्ते खोलाको पर्खाल निर्माणका मजदुरहरूसँग छलफल गरी ६ वटा एकाइ समिति निर्माण गरिएको छ । यातायातअन्तर्गत मध्यउपत्यका रुट नं १ का मिनीबस चालकहरूसँग सम्पर्क गरी एकाइ निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएको छ । विभिन्न क्षेत्रमा काठ, इँट र बालुवा ढुवानीका चालकहरू सङ्गठित भएका छन् । भक्तपुरका विभिन्न रुटमा सञ्चालन हुने काठमाडौँस्थित गोल्डेन बर्ड बोर्डिङ स्कुलका चालक तथा सहचालकहरू पनि सङ्गठित भएका छन् ।

यातायात र निर्माण सङ्घले भक्तपुर जिल्लाको छैटौँ सम्मेलन गर्ने बताइएको छ । मजदुरहरूले वैज्ञानिक समाजवाद स्थापनामा जोड दिनुपर्ने अभियन्ता तथा अभियात्रीहरूले बताएका छन् । हाल मजदुर उपत्यका विशेष ब्युरोको योजनामा अघि बढेको जानकारी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सचिवालय सदस्य शिशिरले दिएका छन् ।

यसैगरी ललितपुरमा पनि सङ्गठन विस्तार अभियान चलिरहेको सङ्गठनले जनाएको छ ।

२०७५ फागुन ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :