नेकपाले बनाइदियो एकल–अपाङ्ग महिलाको घर


बर्दिया :नेपाल कम्युनिस्ट पार्टी, अखिल क्रान्तिकारी र युवा सङ्गठनले बर्दियाकी एक अपाङ्ग, एकल विपन्न महिला रामकली कामीको घर निर्माण गरिदिएका छन् । बासगढी नगरपालिका ३ भगरामा बस्दै आएकी अपाङ्ग, गरिब एकल महिला रामकलीको घर निर्माणका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बर्दियाको पहलमा अखिल (क्रान्तिकारी) बर्दियाका नेता–कार्यकर्ता र पुष्प युवा गाउँ जागरण केन्द्रले सहयोग गरेका हुन् ।


ओत लाग्ने राम्रो ठाउँ नहुँदा उनलाई निकै समस्या परेको थियो । बेसहारा, अपाङ्ग, एकल तथा गरिब महिला रामकलीको कमजोर अवस्था देखेर घर निर्माणमा सहयोग गरेको जानकारी अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष लोकेश जोशीले दिए ।

२०७५ फागुन ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :