दलालहरू पत्तासाफ हुँदैछन् – पुन


इलाम :नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको ३२ औँ दिन फागुन ३ गते दक्षिण इलामको माई नगरपालिका वडा नं. ४ शुक्रबारेबजारमा विशाल जनसभा सम्पन्न भएको छ । सभालाई पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा नेता पुनले एकीकृत जनक्रान्तिमार्फत अब छिट्टै समाजवाद स्थापना हुने र दलालहरूको पत्तासाफ हुने भएकाले नै उनीहरूले आफ्नो पार्टीमाथि दमन सुरु गरेको बताए । पाँचथरको रविबाट गिरफ्तार भएका सामना परिवारका कलाकार लक्ष्मण तामाङ र कुमार धामी सात दिनको हिरासतबाट मुक्त भएपछि सम्मान गर्दै नेता पुनले क्रान्तिकारीहरूलाई जेल, नेल र सत्ताको दमनले झन् स्पातिलो बनाउने बताए ।

सुखानीमा रगत बगाएका झापा विद्रोहका सहिदको स्मरण गर्दै नेता पुनले इलाम सहिदले रगत बगाएको ठाउँ भएकाले सदैव क्रान्तिका पक्ष्ँमा रहने विश्वास व्यक्त गरे । सहिदहरूको वीरता र बलिदानले उचाइमा पुगेको जनयुद्धको नेतृत्व गर्नेहरूले आत्मसमर्पण र गद्दारी गरेको भन्दै नेता पुनले तिनको निन्दा र भत्र्सना गरे । तिनको धोका र गद्दारीलाई चिरेर आफ्नो पार्टी निरन्तर क्रान्तिको बाटोमा अघि बढेको उनले बताए ।
सामना परिवारका कलाकार आरोह नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा दक्षिण इलामका सचिव राजुले अध्यक्षता र असलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सभामा सामना परिवारका कलाकारहरूले जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा जनवर्गीय सङ्गठनका नेताहरू, पार्टी ब्युरो सदस्यहरू र बुद्धिजीवीहरूको उपस्थिति थियोे । कार्यक्रम अवधिमा विभिन्न पार्टीका कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

२०७५ फागुन ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :