फागुन ८ गते लुम्बिनी बन्दको आह्वान

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले फागुन ८ गते ब्युरो अन्तर्गतका जिल्ला बन्दको आह्वान गरेको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै फागुन ८ गते लुम्बिनी अन्तर्गत पर्ने जिल्लाहरुमा बन्दको आह्वान गरिएको हो । नेकपाका लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका आफना नेताकार्यकर्ता रिहा नगरिए रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्ली पाल्पा, अर्घाखाची बन्दको घोषणा गरेका हुन ।

गत माघ २३ गते अर्घाखाँचीबाट नेकपाका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खडका, अर्घाखाती सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई पक्राउ गरेको थियो । उनीहरुसबैलाई सार्वजनिक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सन्धीखर्क अर्घाखाँचीमा राखिएको छ ।

 

२०७५ फागुन ३ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :