युवा सङ्गठन प्युठानका अध्यक्ष गिरफ्तार


काठमाडाैँ : नेकपा निकट युवा सङ्गठन नेपालका राप्ती ब्युरो सदस्य तथा प्यूठान जिल्ला अध्यक्ष वाम बहादुरलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले उनलाई प्यूठानको नयाँ गाउँबाट बिहीबार गिरफ्तार गरेको भन्दै युवा सङ्गठन नेपाल राप्ती ब्युरोले घोर भ्रत्सना गर्दै रिहाइको माग गरेको छ । संगठनका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो संयोजक तिलक योगीले प्रेस विज्ञप्ति जारी गरि कथित लोकतन्त्रको हवाला दिने केपी-प्रचण्डको सरकारले नागरिकको बोल्न, लेख्न, शान्तिपूर्ण रुपले राजनिति गर्न पाउने अधिकारबाट बन्चित गरेको बताएका छन् ।

२०७५ फागुन ३ गते शुक्रबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :