नक्कली आईडी प्रयोग गर्नेमाथि खेद र भत्र्सना


काठमाडाैं :रातो खबर प्रकाशनगृह प्रालिले आफ्ना प्रकाशन ‘रातो खबर साप्ताहिक र अनलाइन’ नामको दुरुपयोग हुने गरेको पाइएको भन्दै उक्त कार्यप्रति आपत्ति प्रकट गर्दै नक्कली परिचयपत्र प्रयोग गर्नेमाथि खेद र भत्र्सना गरेको छ ।

रातो खबर प्रकाशनगृहको कार्यालय बागबजारमा शुक्रबार बसेको बैठकले रातो खबरसँग मिल्ने खालका गलत आईडी प्रयोग गरिएको पाइएको भन्दै यस्तो हर्कत नगर्न सम्बन्धित व्यक्ति÷समूहलाई आग्रह गरेको छ । केही समय पहिलेदेखि रातो खबर साप्ताहिकको फेसबुक पेजसँग मिल्दोजुल्दो नक्कली फेस बुक ठेगाना प्रगोग गरेर दुरुपयोग गरिएको पाइएपछि प्रकाशनगृहले उक्त कार्य गैरकानुनी, निन्दनीय र भत्र्सनायोग्य भएको निष्कर्ष निकालेको छ ।

रेडियो मिर्मिरेले बुधबार जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमसँग सम्बन्धित समाचारमा अमूक व्यक्ति÷समूहले रातो खबर साप्ताहिक नामकै नक्कली आईडीबाट टिप्पणी गरेको पाइएको थियो । रातो खबर प्रकाशन गृहअन्तर्गत रहेको रातो खबर साप्ताहिक नामको फेस बुक आईडी र फेसबुक पेजको नक्कली आईडी अमूक व्यक्ति÷समूहले प्रयोग गरिरहेको पाइएको भन्दै प्रकाशनगृहले आपत्ति जनाएको छ । रातो खबर प्रकाशनगृहले यसप्रकारका भ्रामक खबरहरूको भ्रममा नपर्न सम्पूर्ण पाठकवर्गलाई अनुरोध पनि गरेको छ । साथै यस्तो खालको फेक आईडी प्रयोग गर्नेहरूबारे अनुसन्धान भैरहेको पनि प्रकाशनगृहले स्पष्ट पारेको छ ।

२०७५ फागुन ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :