सरकारी नेकपाको वर्चस्व रहेको गाउँ नै विद्रोही नेकपामा प्रवेश


डोटी :जिल्लाको शिखर गाउँपालिका वडा नम्बर ३ मा सत्तारूढ नेकपाको वर्चस्व रहेको गाउँका पूरै मानिसहरू नेकपाका प्रवेश गरेका छन् । नेकपाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानका क्रममा नेकपाको अभियान टोली शिखर गाउँपालिकामा पुग्दा पूर्वमाओवादी केन्द्र र एमालेको प्रभाव रहेको एउटा गाउँमा युवाहरू विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् । नेकपाको अभियान टोलीले कार्यक्रम आयोजना गरी उनीहरूलाई पार्टी प्रवेश गराएको छ ।

यसैबीच सोही ठाउँमा युवा सङ्गठनको जिल्ला सम्मेलन सम्पन्न भएको छ । युवा सङ्गठनका केन्द्रीय सदस्य पवित्र जीसीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा डोटी जिल्ला इन्चार्ज शिखर, प्युठान जिल्ला इन्चार्ज चिन्तामणि, खेम घर्ती, अनेमसङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य पवित्रा विकलगायत उपस्थित थिए । सुरेश विकको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रकाश थापाले स्वागत भाषण गरेका थिए भने कार्यक्रम मोहन कठायतले सञ्चालन गरेका थिए ।

२०७५ फागुन ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :