दलित मुक्ति मोर्चा कास्कीको छैटौँ सम्मेलन

पोखरा :नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल, कास्की जिल्लाको छैटौँ जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । दलित मुक्ति मोर्चा नेपाल कास्कीले २४ औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्लामा भएका सहिद बेपत्ता परिवारहरूलाई सम्मानपत्रसहित अभिनन्दन गर्दै दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्मा ‘मामा’ ले प्रचण्ड–बाबुरामले जनयुद्धमा नेपालका गरिब, दीन–दुःखी आर्थिक, सामाजिक र राजनीतिक रूपमा विभेदमा परेका जनताको मुक्तिका लागि योगदान गरेका सहिद तथा बेपत्ता योद्धाको भूमिकालाई बेचेर अपमान गरेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धमा दिएको बलिदानलाई सदैव सम्मान गर्ने बताए ।

पोखराको पृथ्वीचोकबाट पञ्जेबाजासहितको ¥याली नगर परिक्रमा गरि सम्मेलनमा परिणत थियो । कार्यक्रममा सहिद–बेपत्ता परिवार समाजका महासचिव नवराज ढुङ्गाना, मोर्चाका जिल्ला फ््रयाक्सन इन्चार्ज सन्तोष परियार, विद्यार्थीका जिल्ला अध्यक्ष काजी गुरुङलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा मोर्चाका गण्डक ब्युरो संयोजक टेकबहादुर विश्वकर्मा, सचिवालय सदस्य हरि नेपाली, प्राप्ति विश्वकर्मा, मोर्चाका केन्द्रीय कार्यालय सचिव जयसिंह नेपालीलगायतको उपस्थिति थियो । सम्मेलनले गगन परियारको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । निर्वाचित हुनेमा उपाध्यक्ष मीनबहादुर परियार, सचिवमा निर्मल लकान्द्री, सहसचिवमा प्रकाश नेपाली कोषाध्यक्षमा भावना सुनारलगायत रहेका छन् । मोर्चाका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य उमेश सीकेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिलबहादुर सुनार गरेका थिए ।

कार्यक्रममा कास्की जिल्लाका विभिन्न क्षेत्रबाट एक हजार सर्वसाधारणको उपस्थिति थियो । नेपाल कम्युनिस्ट पार्टी निकट सङ्गठन दलित मुक्ति मोर्चाले गरेको सम्मान कार्यक्रम र पत्रले आफूमा एकदमै गौरव महसुस भएको सहिद–बेपत्ता परिवारका सदस्यले बताएका छन् ।

२०७५ फागुन ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :