हिरासतभित्रै मनाइयो २४ औँ जनयुद्ध दिवस


अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीका नेताहरू अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खेम खड्का, अर्घाखाँचीका जनसरकार प्रमुख पिताम्बर पोख्रेल, कपिलवस्तुका जिल्ला सदस्य टेकबहादुर पुनलगायतले हिरासतभित्रै २४ औँ जनयुद्ध दिवस मनाएका छन् । उनीहरुले हिरासतभित्र रहेका कैदीहरूलाई चकलेट वितरण गर्नुका साथै तथा एकआपसमा टीका लगाई जनयुद्ध दिवस मनाएका हुन् ।

२०५२ सालमा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गर्दा सर्वहारा वर्गको मुक्तिका पक्षमा भए पनि नेतृत्वले गद्दारीका कारण जनजीविका र राष्ट्रियताको रक्षा हुन नसकेको नेकपाका नेताहरुले हिरासतभित्रैबाट बताएका छन् । नेपालमा क्रान्तिकारी परिवर्तनका पक्षमा नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशाका माध्यमबाट कदम चालेको बताउँदै नेताहरुले नेपाली जनता र सर्वहारा वर्गले २०५२ साल फागुन १ अर्थात् आजकै दिन आफ्नो मुक्तिका खातिर विद्रोह बोलेको स्मरण पनि गरे । जनयुद्धमा हजारौँको सहादत, सयौँ बेपत्ता र लाखौँ घाइतेले पसिना बगाएर १० वर्षसम्म महान् यात्रा गरेको भए पनि जनता र राष्ट्रको स्वाभिमान कमान्डर भनिनेबाटै अलपत्र पारिएको भन्दै अधिकार, शान्ति र समृद्धिका लागि फेरि अर्को निर्णायक क्रान्ति अनिवार्य रहेको बताउँदै उनीहरुले परिवर्तनका पक्षमा आफूहरू निरन्तर लडिरहने बताएका थिए ।

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :