काठमाडौँमा २४ औँ जनयुद्ध दिवसमा र्‍याली र सभा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ र पार्टी निकट जनवर्गीय सङ्गठनले २४ औँ जनयुद्ध दिवसका अवसरमा विशाल ¥यालीसहित जनसभा गरेका छन् । काठमाडौँको शान्तिवाटिकाबाट सुरु भएको ¥याली भृकुटीमण्डप, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै शान्तिवाटिकामा पुगेर जनसभामा परिणत भएको जानकारी आयोजकले दिएको छ । जनसभामा नेकपाका केन्द्रीय सदस्य मकर गुरुङ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का संयोजक राजु कार्की, नेकपा अन्तर्राष्ट्रिय ब्युरो सदस्य नरबहादुर कार्की, अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, जनगणतान्त्रिक सम्पर्क मञ्च मजदुर साधारण शाखाका नेतालगायतले सम्बोधन गरिरहेका छन् ।


यसैगरी देशका विभिन्न भागमा विभिन्न काष्र्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाइरहेका समाचार प्राप्त भएका छन् ।

र्‍याली र सभाका तस्बिरहरू ः

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :