हितकारी आपसी सहयोग

पाइ शि (Bai Shi)
सन् २०१३ सेप्टेम्बरमा कजाखस्तानको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिङपिङले रेसम मार्ग आर्थिक क्षेत्र निर्माणको प्रस्ताव राखेका थिए । युरेसिया महादेशमा पर्ने प्राचीन व्यापार मार्गमा रहेका मुलुकबीच व्यापार र यी देशहरूमा पूर्वाधारको सञ्जालवृद्धि गर्न रेसम मार्गले सहजीकरण गर्ने विश्वास गरिएको छ ।
मे ७–१२ (२०१५–सं मा सीले कजाखस्तान, रुस र बेलायतको पछिल्लो युरेसियाली भ्रमण गर्दा राष्ट्रपति सीको प्रस्ताव आतिथ्य राष्ट्रको सामूहिक र राष्ट्रिय विकास कार्यक्रमसँग प्रभावकारी रूपमा एकीकृत हुने बलियो सम्भावना रहेको देखिन्थ्यो ।
कजाखस्तान सम्बन्ध
मे ७ मा कजाखस्तानको राजधानी अस्तानामा राष्ट्रपति सी र उहाँका समकक्षी कजाखस्तानका राष्ट्रपति नुरसुल्तान नाजारवायभ दुई देशबीचको साझा हितलाई पछ्याउन विकास रणनीतिलाई मिलाएर लान सहमत हुनुभयो । सीले नजरवेवसँगको वार्तामा भन्नुभयो– “रेसम मार्ग आर्थिक क्षेत्र कजाखस्तानको ‘उज्ज्वल मार्गको नयाँ आर्थिक नीति’सँग मिलाएर लान हामी तयार छौँ किनभने समृद्धि, समानता र परस्परमा आधारित साझा विकास हासिल गर्न सकिनेछ ।” राष्ट्रपति सीको भनाइमा सहमति जनाउँदै नाजारवायभले भने, ‘ चीनको अगुवाइलाई कजाखस्तान पूर्ण समर्थन गर्छ र रेसम मार्ग आर्थिक क्षेत्रको निर्माणमा चीनको अगुवाइलाई कजाखस्तान पूर्ण समर्थन गर्छ र रेसम मार्ग आर्थिक क्षेत्रको निर्माणमा चीनको महत्वपूर्ण साझेदारी रहनेछ ।”
व्यापार र लगानीमा भएको दुई देशबीचको सहयोगले उल्लेखनीय गति हासिल गरेबाट चीन र कजाखस्तानको सम्बन्ध झन् प्रगाढ भएको देखायो । सन् २०१३ मा द्विपक्षीय व्यापार २८ दशमलव ६ अर्ब डलर पुगेको थियो ।कजाखस्तानबाट धेरै व्यापारीचीन आउने जाने गर्छन् । कजाखस्तानको सीमासँग जोडिएको सिनचियाङ उइगुर स्वायत्त क्षेत्रस्थित चीनको भूबन्दरगाह हर्गोसमा उल्लेखनीय रूपमा व्यापार बढेको छ । चीनबाट कजाखस्तान भएर युरोपसम्म एक्सप्रेस कार्गो रुट सुरु भइसकेको छ । दूधको बेजोड स्वादका कारण प्राकृतिक प्रक्रियाबाट बनेको कजाख चक्लेट ‘राखत’ सिनचियाङमा लोकप्रिय छ ।

यसैबीच कजाखस्तानमा संयुक्त लगानी गर्ने चिनियाँ लगानीकर्ताहरूको सङ्ख्या ह्वात्तै बढेको छ । चिनियाँहरूले कजाखस्तानमा कृषि प्रविधि र प्रमुख उद्योगहरू स्थापना गर्दैछन् । हालसम्म कजाखस्तानमा चिनियाँ लगानी २६ अर्ब डलरभन्दा बढी पुगिसकेको छ । सन् २०१५ सम्ममा द्विपक्षीय व्यापार ४० अर्ब डलर पु¥याउने लक्ष्यका साथ चीन र कजाखस्तान प्रयासरत छन् । मध्यएसियाली देशहरूमा कजाखस्तान चिनियाँ लगानीको पहिलो गन्तव्य हो ।
रुसी सम्बन्धПарад физкультурников
मे ८ मा मस्कोमा राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको वार्तामा दुवै रुसको अगुवाइमा स्थापित राष्ट्र युरेसियाली आर्थिक सङ्घ ९भ्गचबककष्बल भ्अयलयmष्अ ग्लष्यल( भ्ब्भ्ग्० संरचनामा रहेर रेसम मार्ग आर्थिक क्षेत्र परियोजनालाई एकीकृत रूपमा अगाडि बढाउन सहमत भएका छन् । सी–पुटिन वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिअनुसार रुसद्वारा युरेसिया आर्थिक सङ्घको संरचनाभित्र रहेर क्षेत्रीय एकीकृत प्रवद्र्धनलाई सहयोग गर्ने र आर्थिक र व्यापार सम्झौतामा युरेसियाली आर्थिक सङ्घसितको वार्तालाई सुरु गर्न चीन सहमत छ । चिनियाँ वाणिज्यमन्त्री काओ हुछङ ९न्बय ज्गअजभलन० ले भने– ‘यस अभियानले चीन र युरेसियाली आर्थिक सङ्घबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुनेछ ।’ रुस, बेलारुस र कजाखस्तान सम्मिलित भन्सार सङ्घको जगमा ‘युरेसिया आर्थिक सङ्घ’ सन् २०१५ को पहिलो दिनमा भन्साल सङ्घको जगमा ‘युरेसिया आर्थिक सङ्घ’ सन् २०१५ को पहिलो दिन स्थापना गरिएको थियो । यस वाणिज्य सङ्घमा आर्मेनिया र किर्गिस्तान सामेल भएपछि १७ करोड जनसङ्ख्या भएको मध्ये युरेसियाको ठूलो बजार भएको छ । चिनियाँ व्यापारमन्त्री काओभने युरेसियाली आर्थिक क्षेत्रसँग व्यापारलाई सहज बनाउन र अन्त्यमा स्वचन्त्र व्यापार क्षेत्रको निर्माण गर्न नयाँ संस्थागत प्रबन्ध सुरु गर्न चीन तयार छ ।
व्यापारमन्त्री आन्ड्रे स्लेपनेभले भने ‘युरेसियाली आर्थिक सङ्घ चीनसँगको व्यापारलाई सहज बनाउन ठूलो प्रयास गरिनेछ र स्वतन्त्र व्यापार क्षेत्र स्थापनाका लागि ठोस आधारशिला तयार गर्न विभिन्न क्षेत्रमा दुईपक्षीय आर्थिक सहयोगलाई अगाडि बढाइनेछ ।’
चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन संस्थाअन्तर्गत युरोप, मध्यएसिया विभागका निर्देशक छन् युरोङ ९ऋजभल थ्ग च्यलन० ले पेइचिङ रिभ्युसँगको अन्तर्वार्तामा भने ‘पहिला धेरै पश्चिमेली आलोचक भन्ने गर्थे– चीनको रेसम मार्ग आर्थिक क्षेत्र परियोजना युरेसिया आर्थिक क्षेत्रसँग मेल खाँदैन तर गहिरिएर विचार गर्ने हो भने चिनियाँ आर्थिक प्रस्तावको प्रकृति दुई परियोजना एकआपसमा धेरै सुहाउँदो र सहयोगी छ ।” छनले भने– ‘युरेसियाली आर्थिक क्षेत्रका सम्पूर्ण सदस्य चीन र रुस दुवै मुलुकसँग बलियो आर्थिक तथा व्यापार सम्बन्ध रहेको छ जुन उच्च तहको आर्थिक सहयोगका लागि आधार भएको छ ।
अझै महत्वपूर्ण कुरा चीन र युरेसियाली आर्थिक क्षेत्रले बलियो र स्थिर साझेदारीलाई कायम गर्दैछन् जुन परस्पर राजनीतिक विश्वासको ठोस आधार हो । उदाहरणका लागि चीन र रुसले आफ्नो सम्बन्धलाई विस्तृत रणनीतिक साझेदारीका रूपमा लिएका छन् । चीनले पनि कजाखस्तान र बेलारुससँग विस्तृत रणनीतिक साझेदारी कायम गरेको छ । छनले भने– ‘भविष्यमा रेसम मार्ग आर्थिक क्षेत्र र युरेसिया आर्थिक क्षेत्र मिलेर युरेसियाली मुलुकको आर्थिक वृद्धिलाई अझ बढाउन सकिनेछ ।’
पूर्वी चीन नर्मल विश्वविद्यालयमा रुसी अध्ययनका उपप्राध्यापक याङ छङ ९थ्बलन ऋजभलन० ले साङ्हाईस्थित चीन व्यापार समाचारपत्रलाई भने– ‘रेसम मार्ग आर्थिक क्षेत्र र युरेसियाली आर्थिक क्षेत्रलाई मिलाएर लान नयाँ अवधारणाको आवश्यकता छ ।’ छङको सुझावअनुसार दुवै पक्षले परस्पर समझदारी र सहयोगका आधारमा चरणबद्ध रूपले अनुगमन उपाय अपनाउनुपर्छ । रेसम मार्ग आर्थिक क्षेत्र स्थापना भएपछि यसले युरोप र एसियाबीच उत्पादन आधार र उपभोक्ता बजारलाई जोड्नेछ । याङका अनुसार युरेसियाको मध्यभागमा रहेको आर्थिक विश्वव्यापीकरणको गतिबाट पछाडि परेका धेरै मुलुकले परियोजनाबाट लाभ हासिल गर्न सक्छन् र विश्वव्यापी व्यापारबाट एकीकृत भई समावेशी विकासबाट फाइदा हासिल गर्न सक्छन् ।
साङ्हाई अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयको रुसी अध्ययन केन्द्रका निर्देशक वाङ निङका अनुसार चीनको क्षेत्रीय विकासको सोचाइलाई रुसले आत्मसात गर्न नसक्नुको प्रमुख कारण युक्रेन सङ्कटमाथि रुसविरुद्धको पश्चिमेली नाकाबन्दी हो । युक्रेन सङ्कट भइसकेपछि अमेरिका र युरोपेली युनियनले लगाएको नाकाबन्दीले गर्दा रुसको अर्थतन्त्रमा ठूलो धक्का लाग्यो जसले गर्दा रुसी मुद्रा रुबलको अवमूल्यन भयो भने निकै मात्रामा विदेशी लगानी बाहिरिए । यो अवस्थामा स्वाभाविक रूपमा रुसको अर्थतन्त्र एसियातर्फ स¥यो । चीनसँगको सहयोगमार्फत पश्चिमेली राष्ट्रको नाकाबन्दीबाट भएको प्रभाव घटाउन मद्दत पु¥यायो ।
चीनका लागि रुसका राजदूत आन्ड्रे डेनिसोभका अनुसार लगातार पाँच वर्षमा चीन रुसको सबभन्दा ठूलो व्यापार साझेदार भएको छ । सन् २०१४ सम्म दुई देशबीचको व्यापार ९५ अर्ब डलर नाघेको थियो । यो वर्ष द्विपक्षीय व्यापार १०० अर्ब डलर पुग्ने आशा गरिएको छ र सन् २०२० सम्ममा यसको अङ्कदोब्बर हुनेछ ।
हालसालै ऊर्जा, पूर्वाधार निर्माण, वित्तीय र हवाई क्षेत्रमा चीन र रुसले सहयोगलाई विस्तार गरेका छन् । उदाहरणका लागि चीन र रुस मस्को र कजान जोड्ने उच्च गतिको रेल निर्माणमा मिलेर काम गर्नेछन् । सन् २०१८ मा रुसले आयोजना गर्ने ओलम्पिकलाई भ्याउने गरी यो परियोजनाले मूर्तरूप लिनेछ ।
बेलारुस
रेसममार्ग आर्थिक क्षेत्र परियोजनाले चीन र बेलारुसको सम्बन्धमा पनि ठूलो अवसर सिर्जना गर्नेछ । चिनियाँ सामाजिक विज्ञान एकेडेमीअन्तर्गत रुसी, पूर्वीयुरोप र मध्यएसिया अध्ययन संस्थाका अनुसन्धानकर्ता ली चियनमिनका अनुसार युरोसियाको उपक्षेत्रहरू पूर्वी युरोप, मध्यएसिया, बाल्टिक राज्य कालो सागर र दुई ठूला बजारलाई सी र युरोपेली युनियन र युरेसियाली आर्थिक सङ्घ जोड्ने बेलारुसको भौगोलिक अवस्थितिको कारणले प्राचीन रेसम मार्गको पुनर्जीवनमा यसलाई बेजोडको फाइदा हुनेछ ।
चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाअन्तर्गत रुसी अध्ययनका निर्देशक फङ युच्युनका अनुसार हालैको वर्षमा चीन र बेलारुस बीचको द्विपक्षीय व्यापारले उल्लेखनीय सफलता हासिल गरेको छ । फङले जोड दिँदै भने, ‘रेसम मार्ग आर्थिक क्षेत्र परियोजनाले दुई देशबीचको सहयोगलाई प्रवद्र्धन गर्न गति प्रदान गर्नेछ ।’ सन् २०१४ मा मिन्स्कमा स्थापना भएको चीन–बेलारुस औद्योगिक क्षेत्र दुईबीचको सबभन्दा ठूलो परियोजना हो र यही नै बेलारुसमा वैदेशिक लगानीमा स्थापना भएको ठूलो परियोजना हो । सन् २०११ सेप्टेम्बरमा भएको सम्झौताअनुसार ९१.५ वर्गकिमि क्षेत्रमा फैलिएको यो परियोजना मिन्स्कको बाहिरी क्षेत्रमा निर्माण गरिएको छ । चीनद्वारा प्रस्ताव गरिएको रेसम मार्ग आर्थिक क्षेत्रको निर्माणमा नमुना औद्योगिक क्षेत्र बनाउन दुई देश सहमत भएका छन् ।
मे १२ मा पहिलो समूहका कम्पनीले उक्त औद्योगिक क्षेत्रमा व्यापार गर्न अनुमति प्रदान गरिने समारोहमा राष्ट्रपति सी र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्सोले भाग लिएका थिए । बेलारुसले औद्योगिक क्षेत्रमा विशेष नीति र कर सुविधाजस्ता विशेष सुविधायुक्त वातावरण प्रदान ग¥यो । यस औद्योगिक क्षेत्रमा चिनियाँ प्रविधि कम्पनी र उच्च प्रविधिका विद्युतीय सामान, जैविक औषधि र रासायनिक पदार्थजस्ता उद्योगमा लगानी गर्न उत्साहित गरिएको छ । चीन र बेलारुसले ठूलो सङ्ख्यामा जनस्तरको आदानप्रदान कार्यक्रम सुरु गरेका छन् । यो वर्ष बेलारुस विश्वविद्यालयका १०० विद्यार्थीहरूलाई शैक्षिक आदानप्रदान कार्यक्रममा भाग लिन चीनमा अमन्त्रण गर्ने राष्ट्रपति सीले मिन्स्कमा घोषणा गर्नुभयो ।

Better Together

BEIJING REVIEW

Vol.58, No.21, May 21, 2015                                                             

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :