कालेबुङ बन्द सफल

kalebungma bandh

कालेबुङ/जेठ २७, बङ्गला भाषालाई पहाडमा पनि अनिवार्य गराएको विरोधमा सडकमा निस्किएका मोर्चा कार्यकर्ताहरूमाथि पुलिसले अश्रु ग्यासको प्रयोग एवं हवाई फाइरिङ गरेको विरोधमा गोरखा जन मक्ति ुमार्चाेले शुक्रबार १२ घण्टा पहाड बन्द आव्हान गरेको छ । १२ घण्टे पहाड बन्द कालेबुङमा पनि शान्तिपूर्ण रूपमा सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उक्त बन्द यता कालेबुङमा पनि बिहान ६ बजे देखि नै सफल पारेका थिए । आज शैक्षिक संस्थान, कार्यालय, व्यापारिक प्रतिष्ठान आदि बन्द रहेको थियो भने सवारीसाधनहरूको चलाचल पनि ठप्प रहेको थियो ।
बन्दलाई सफल बनाउन मोर्चा कार्यकर्ताहरू सडकमा निस्किएका थिए । यहाँको डम्बरचोकमा भेला भएर मोर्चा कार्यकर्ताहरूले बन्दको समर्थन एवं बङ्गाल सरकारको विरोध गर्दै नाराबाजी गरेका थिए । यस क्रममा शान्ति बनाइराख्न पुलिस बल, सीआरपीएफ, आईरबी एवं भारतीय सेनाका जवानहरू परिचालन गरिएको थियो । बन्दअवधि भारतीय सेनाका जवानहरूले शहरमा फ्ल्याग मार्च पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :