सगरमाथा ब्युरोमा जनसभा


उदयपुर : नेकपा सगरमाथा ब्युरोले मङ्गलबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका १ रानीटारमा सयौँ जनता, नेता र कार्यकर्ताको उपस्थितिमा जनसभा सम्पन्न गरेको छ ।

पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत आयोजित सभाको सञ्चालन ओखलढुङ्गाका सेक्रेटरी २ नम्बर टोलीका प्रमुख सुप्रिमले गरेका थिए । सभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो अभियान २ का कमान्डर सञ्जीव र १ नम्बर टोली प्रमुख ज्ञानुले सम्बोधन गरे ।

केन्द्रीय सदस्य सञ्जीवले अहिले नेपालमा राजनीति धरापमा परेकाले देशलाई कुशल अवतरण गर्नसक्ने र नेपालका सबैखाले बेतिथिको निकास अब आफ्नो पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादले दिने बताए । नेकपाले सञ्चालन गरेको अभियानबाट अत्तालिएर राज्यले पुलिस प्रशासन लगाई गैरन्यायिक ढङ्गले गिरफ्तर गरेको भन्दै रोश प्रकट गरे । उनले बिनासर्त आफ्ना नेता–कार्याकर्ता रिहा गर्न माग गरे । कार्यक्रमका अर्का वक्ता ज्ञानुले आफ्नो पार्टी राष्ट्रियताको मुद्दा उठाएर जनताका पक्षमा लड्न तयार भएकाले आमजनसमुदायले राष्ट्रियता र जनजीविकाको मुद्दा साझा बनाएर लड्नलाई सहयोगका लागि अपिल गरे ।

उक्त कार्यक्रममा माओवादीका जिल्ला सदस्य मोहन र एमालेका शेरबहदुर थापा पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेशीहरूलाई पार्टी प्रवेश गराउँदै केन्द्रीय सदस्य सञ्जीवले सबै वामपन्थी, देशभक्त, प्रगतिशील, राष्ट्रवादी शक्तिलाई धु्रवीकरणमा आउन अपिल गरे ।

२०७५ माघ २९ गते  मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :