कालीकोटमा ८७ सङ्गठन निर्माण, एक सय १८ जना पार्टी प्रवेश


कालीकोट : कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं ८ र ९ साबिकको लालु गाविसबाट सुरु भुुुुएको अभियानले जनताको मन जितेको छ । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत २५ दिनसम्म विभिन्न पार्टी परित्याग गरी ११८ जना प्रवेश गरेका छन् ।


माघ ५ गतेबाट सुरु भएको अभियानको कमान्डर नेकपाका केन्द्रीय सदस्य नवीन विश्वकर्मा (हितमान) छन् । त्यस्तै पर्सा इन्चार्ज लक्ष्मण उप्रेती (आर्जन), कालीकोट अभियान टोलीका कमान्डर र कालीकोट जिल्ला सेक्रेटरी मनिलाल एडी (रणदीप) ले गरेका छन् । उनका अनुसार ८७ वटा सङ्गठन निर्माण भएका छन् भने ७ वटा सुदृढ गाउँ समिति गठन भएको छ । त्यसैगरी, १४ वटा सेल कमिटी गठन गरिएको छ । तीनवटा गाउँ समिति गठन गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा १० वटा जनसभा गरेको छ जसमा रास्नाकोट, चिल्खाया, दाहाँ, पारिपाल्ली, छाती, लालु, पिपकोट, जितेगडा, रकु र सुकाटियामा जनभेला सम्पन्न भएको छ ।

साथै प्रत्येक गाउँमा सहिद परिवारसँग भेटघाट र शिक्षक–बुद्धिजीवीहरूसँग अन्तरक्रिया गरेको छ भने यो अभियान अझै जारी रहने सेक्रेटरी मनिलाल एडी (रणदीप) ले बताएका छन् । यस्तै भाता गाविसको छातीमा २१ जनाले पार्टी प्रवेश गरेका छन् भने रकुमा ७५ जना, नानिकोट ५ जना, पाँखा ४ जना र पीपलकोटमा १३ जना पार्टी प्रवेश गरेका छन् ।

२०७५ माघ २९ गते  मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :