प्रहरीले नारा मेटेपछि नेकपाले दियो चेतावनी


बुटवल : नेपाल कम्युनिस्ट पार्टीले देशभर जनयुद्धको २४ औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । लुम्बिनी ब्युरोअन्तर्गत पर्ने कपिलवस्तु जिल्लामा लगाइएका आधा दर्जनभन्दा धेरै जनयुद्ध दिवससम्बन्धित नारा अङ्कित ब्यानर र सडकछेउमा लेखिएका दुई दर्जन नारा प्रहरीले मेटिदिएको छ । ‘जनयुद्ध दिवस सफल पारौँ, वैज्ञानिक समाजवाद जिन्दावाद एकीकृत जनक्रान्ति जिन्दावाद’ लगायत नारा र ब्यानर मेटाइएको नेकपाले जनाएको छ ।

संविधानप्रदत्त अधिकारमा सङ्घसङ्गठनका नारा लेख्न पाइने भए पनि नेपाल कम्युनिस्ट पार्टीले लेखेको नारा तथा ब्यानरहरू यसरी फालिएको हो । कपिलवस्तु र दाङको सिमानामा पर्ने धानखोलामा लेखिएका सबैजसो नारा पोतेर मेटाइएको छ भने मुख्य सहर र चोकहरूमा लगाइएका ब्यानर रातारात हटाइएको छ ।


यसैक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले विज्ञप्ति जारी गर्दै ‘संविधानले लागू गरेको मौलिक हक कुल्चिँदै राजनीतिक नारा हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ । नेकपाले बन्दुकको भाषा प्रयोग नगर्नसमेत चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सङ्गमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई सुसूचित गराउने राजनीतिक नारा हटाउनु द्वन्द्वको आगमन हो ।’ विज्ञप्तिकाे पूर्णपाठ……

२०७५ माघ २९ गते  मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :