विचारधारात्मक आधारभूत तह स्कुलिङ

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा विचारधारात्मक आधारभूत तहको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । जनयुद्धको आधार क्षेत्र रामारोशनको मुजाबगरमा सम्पन्न स्कुलिङमा माक्र्सवादका आधारभूत सिद्धान्त दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्तिका बारेमा पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षण गराइएको छ ।

स्कुलिङ कार्यक्रमको उद्घाटन पार्टी केन्द्रीय सदस्य बन्धु चन्दले गर्नुभएको थियो भने कार्यक्रममा सहभागी जिल्ला इन्चार्ज शेरबहादुर विक ‘दर्शन’, कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, सेती ब्युरो सदस्य तथा स्कुलिङ विभाग संयोजक धराप रहेका थिए । सहभागी प्रशिक्षार्थी ८० जना थिए ।

२०७५ माघ २९ गते  मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :