दुईतिहाइ दम्भ देखाएर सरकारले गणतन्त्रको धज्जी उडायो

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीका कपिलवस्तु जिल्ला इन्चार्ज सङ्गमले सरकारले फासिवादी अधिनायकवाद लाद्न खोजे आफूहरू पछि नहट्ने बताएका छन् । संविधानमा स्वतन्त्र रूपमा बाँच्न पाउने आफ्नो हकअधिकार भए पनि सरकारले निरङ्कुश पञ्चायती शैली अपनाई स्वतन्त्र रूपमा राजनीतिक गतिविधि गर्न नदिनु दुःखद् भएको उनले बताएका छन् ।  प्रेसविज्ञप्ति जारी गर्दै नेता सङ्गमले सरकारले दुईतिहाइको दम्भ र राजनीतिक अराजकता देखाए नेपालमा जनताले सङ्घर्ष गर्ने बताए । अभियानमा नेकपाले भित्तेलेखन, वालपेन्टिङ, जनभेटघाटजस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । नेकपाले कपिलवस्तु जिल्लामा २ महिने अभियानका क्रममा गरेको वालपेन्टिङ प्रहरीले रातारात मेटेको थियो ।
सरकारले आफ्ना गतिविधिलाई निरन्तरता दिए नेपाली जनताले सङ्घर्ष गर्ने बताउँदै उनले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

२०७५ माघ २९ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :