सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान– दुई

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारा वर्गको पक्षधर एउटा अग्रगामी र क्रान्तिकारी पार्टी हो । साथै यो पार्टी नेपालको क्रान्तिकारी सङ्षर््ाको विरासत बोकेको पार्टी पनि हो । यो पार्टीसँग वर्गसङ्घर्षको गौरवपूर्ण इतिहास, हराभरा वर्तमान तथा राष्ट्र र जनताको स्वर्णिम भविष्य जोडिएको छ । करिब ७ दशक लामो नेपालको कम्युनिस्ट आन्दोलनको सकारात्मक तथा नकारात्मक अनुभवहरूका शिक्षाहरूको संश्लेषण तथा एउटा सीमासम्म अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका क्रान्ति र प्रतिक्रान्तिको संश्लेषणसहित नेपालमा वैज्ञानिक समाजवाद निर्माणको महान् अभियानमा आफूलाई समर्पित गर्न पुगेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका क्रान्ति र प्रतिक्रान्तिका शिक्षाहरूको निष्कर्ष के रहेको छ भने मालेमावादी दर्शन, विचार र राजनीतिका क्षेत्रमा विकास नगरी अबका सर्वहारा मुक्ति आन्दोलनहरूले साम्राज्यवाद र सबैखाले पुँजीवादी उत्पीडनहरूबाट आफूलाई मुक्त गर्न सम्भव छैन । वस्तुस्थितिको यो आवश्यकतालाई आत्मसात गर्दै नेकपाले आफ्नो ऐतिहासिक ८ औँ महाधिवेशनबाट मालेमावादी दर्शन, राजनीति र विचारमा नयाँ संश्लेषणसहित विकास गर्ने प्रयत्न गरेको छ । संसारैे थर्काउने महान् क्रान्ति तथा भयानक प्रतिक्रान्तिको विश्व ऐतिहासिक महत्वका वर्गसङ्घर्षहरू तथा समाजवादको नेतृत्व गरेका सर्वहारावादी पार्टीमा देखापरेका अकल्पनीय र कहालीलाग्दा अन्तरपार्टी सङ्घर्षहरूले कोरिएका सर्वहारा वर्गीय राजनीतिक मूल्यहरूले आज विश्वसर्वहारा वर्गलाई आज प्रज्वलित गर्न मद्दत गरेको छ ।

हाम्रो पार्टीले विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका यिनै परिघटनाहरूको वस्तुनिष्ट अध्ययन र संश्लेषणसहित आविष्कार गरेको नवीन कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपालमा विद्यमान संसदीय व्यवस्थाको ध्वंस गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् अभियानको नेतृत्व गर्न गइरहेको छ । आज देशमा सामाजिक दलाल पुँजीपति वर्गको नेतृत्वमा सञ्चालित दलाल संसदीय व्यवस्थाले राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगी, कमिसनखोरी तथा सामाजिक असुरक्षालाई बढाएर लगेको छ । वैदेशिक ऋण प्रतिव्यक्ति ३० हजार हुने गरि बढिरहेको छ । राष्ट्रिय उद्योगहरू सीमित दलालहरूको पहुँचमा पुगेका छन् । व्यापारघाटा हालसम्मकै सर्वाधिक रूपमा वृद्धि भएको छ । बलात्कार र हत्याकाण्डले सिङ्गो समाजलाई आक्रान्त बनाएको ेछ । लाखौँ मजदुर–किसानको अवस्था आधुनिक दासतातर्पm बढिरहेको छ । महँगी, बेलगाम करवृद्धि तथा अराजकताको समस्या भयावह बन्दै गइरहेको छ । शिक्षा, स्वास्थ्यजस्ता नैसर्गिक अधिकारबाट आमजनतालाई वञ्चित गर्दै सीमित पहुँचवाला व्यक्तिहरूको प्रयोगमा केन्द्रित गरिएको छ । राष्ट्रका यी समस्याहरूको समाधानका लागि शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने नेकपाका नेता–कार्यकर्ताहरूलाई विभिन्न झूट्टा मुद्दा लगाई पक्राउ गर्ने, जेल हाल्ने अभियान सञ्चालन गरिएको छ । बेरोजगारीको समस्याका कारण लाखौँलाख युवाहरू बिदेसिन बाध्य छन् । बिदेसिएका युपाहरूबाट राष्ट्रलाई वार्षिक ७ खर्बभन्दा धेरै रेमिट्यान्स प्राप्त भैरहेको छ । यी समस्याहरू सामाजिक दलाल पुँजिपति वर्गद्वारा सञ्चालित दलाल संसदीय व्यवस्थाका परिणामहरू हुन् । हाम्र्रो पार्टीको निष्कर्ष के छ भने राष्ट्र र जनताका यावत् समस्याहरूको समाधान अमूक नेताहरूलाई सरकारबाट हटाएर वा संसदीय व्यवस्थामा सुधार गरेर हुँदैन, बरु संसदीय व्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवाद निर्माण गरेर मात्र सम्भव छ । वैज्ञानिक समाजवाद त्यस्तो राजनीतिक प्रणाली हो जहाँ हाम्रो राष्ट्रमाथि लादिएका सम्पुर्ण सम्झौताहरू खारेज हुनेछ र राष्ट्र स्वाधीन हुनेछ । जनताका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सञ्चार राज्यको दायित्व हुनेछ । राष्ट्रका नौजवान युवाहरू, विद्यार्थीहरू, वैज्ञानिकहरूसहित आमजनताले विज्ञानका सम्पूर्ण शाखाहरूमा खोज गर्ने कुरामा प्रतिस्पर्धा गर्नेछन् र हाम्रो राष्ट्रले विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायसँग प्रतिस्पर्धा गर्नेछ । हाम्र्रो पार्टीको यो निष्कर्ष केही मानिसहरूलाई हास्यास्पद र कोरा कल्पना पनि लाग्न सक्छ । यसप्रकारको बुझाइ निर्माण हुनुको पछाडि प्रथमतः ४ दशक लामो नेपालको राजनीतिक आन्दोलनमा राजनीतिक पार्टीहरूले गरेको प्रतिबद्धता र वास्तविक जीवन व्यवहारमा देखापरेको अन्तरविरोध र द्वितीय यथास्थितिवादी तथा सुधारवादी राजनीतिक प्रणालीका कारणहरू प्रमुख रहेका छन् । पहिलो प्रवृत्तिले जति क्रान्तिकारी कुरा गरे पनि सारतः त्यसको उल्टो व्यवहार प्रयोग गर्छ । प्रारम्भमा नेपाली काङ्ग्रेस, तत्कालीन एमाले र पछिल्लोपटक माओवादी पार्टीले नेपाल राष्ट्र र जनताको प्रगतिका लागि पेस गरेका राजनीतिक प्रस्तावअनुरूप काम नगरी उल्टो बाटोमा हिँड्दा देखापरेको धोकाको मनोविज्ञानले काम गरेको छ जो व्यावहारिक रूपले अनुभवजन्य ज्ञानसँग पनि सम्बन्धित छ भने दोस्रो प्रवृत्तिले राष्ट्र र जनतालाई समृद्धि र स्थायित्वतिर होइन, बरु विदेशी प्रभुहरूको इशारामा देशलाई पराधीन र अस्थिरतातर्पm लैजाने गर्दछ । उनीहरू रूपमा राष्ट्र र जनताको समृद्धि र स्थायित्वको कुरा गर्छन् भने सारमा आफ्नो स्वार्थका लागि सिङ्गो राष्ट्र र जनतालाई दाउमा राख्ने गर्छन् । हामीले राष्ट्र र जनतालाई पराधीनतातर्फ धकेलिरहेको यसप्रकारको घोर यथास्थितिवादी तथा सुधारवादी विचारको विरुद्ध वैज्ञानिक समाजवादी विचारलाई सम्पूर्ण क्षेत्रमा स्थापित गर्नुपर्छ । वैदेशिक ऋण, सहयोग र रेमिट्यान्सले चलिरहेको हाम्रो देश वैज्ञानिक समाजवादमा कसरी आत्मनिर्भर र स्वाधीन हुनसक्छ त ? यस सन्दर्भमा राष्ट्र र जनताका पक्षमा काम गर्नसक्ने इच्छाशक्ति भएको, वैज्ञानिक र क्रान्तिकारी पार्टी पहिलो सर्त हो । यसप्रकारको चरित्रवान् पार्टीको प्रतिनिधित्व हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले गर्छ । जसको नेतृत्वमा वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना र सञ्चालन आवश्यक र सम्भव छ । दोस्रो हामीसँग भएका सम्पूर्ण स्रोतसाधनहरूको वैज्ञानिक पहिचानसहित त्यसको समुचित रूपमा प्रयोग गर्नुपर्छ ।

नेपाल राष्ट्र र जनताका यिनै उत्कट इच्छा र अभिलाशालाई जीवनव्यवहारमा बदल्ने महान् अठोट र सङ्कल्पसहित नेपाली जनताको एक मात्र जिम्मेवार राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टीले यतिबेला देशव्यापी रूपमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ सञ्चालन गरिरहेको छ । यो अभियानको मुख्य उद्देश्य भनेको आम नेपाली जनतालाई वर्तमान दलाल सत्ताले नेपाली जनतामाथि थोपरेका विभिन्न उत्पीडनहरूको भण्डाफोर गर्नु, राष्ट्रघात र जनघातका विरुद्ध आमश्रमिक जनतालाई जागृत र सङ्गठित गर्नुका साथै वैज्ञानिक समाजवादको राजनीतिक प्रणालीबारे प्रशिक्षित गर्र्नु, दलाल संसदीय व्यवस्थाको सम्भावित दमन अभियानका विरुद्ध प्रतिरोधको तयारीलाई सुसङ्गत गर्नुलगायत रहेका छन् । यो अभियानलाई बढीभन्दा बढी प्रभावकारी बनाउन, धेरैभन्दा धेरै जनतालाई सङ्गठित र प्रशिक्षित गर्न जोड लगाउनुपर्छ । यी लक्ष्यहरू हासिल गर्न अभियानमा आबद्ध अभियात्रीहरूले जननीतिलाइ गहिरो गरी आत्मसात गरी व्यवहारमा लागू गर्नुपर्छ । जननीतिलाई लागू गर्ने भन्नुको तात्पर्य जनदिशालाई जीवनव्यवहार बनाउने, जनतालाई गुरु मान्दै इतिहासका निर्माता जनसमुदाय हुन् भन्ने कुरालाई आत्मसात गर्नु हो । यसो गर्दा हामीले जनश्रम गर्ने कार्यलाई पनि अभियानको अभिन्न अङ्ग बनाउनुपर्छ । एउटा श्रमिक वर्गीय पार्टीका नेता कार्यकर्ताले भौतिक वा मानसिक श्रम गर्ने मामिलालाई जीवन व्यवहार बनाउनुपर्छ र श्रमिक किसान मजदुरलाई माया गर्नुपर्छ । श्रम गर्ने कार्यलाई इन्कार गरियो भने सिद्धान्ततः श्रमिक वर्गीय भए पनि व्यवहारतः हामी अभिजात वर्गमा फेरिन पुग्नेछौँ । यसका साथै एउटा क्रान्तिकारी राजनीतिक पार्टीले समाज रूपान्तरणको अभियानमा सानो डफ्फा मनोवृत्तिलाई हटाउनुपर्छ । यो प्रवृत्तिले समाज रूपान्तरण गर्ने राजनीतिक अभियानमा आमजनसमुदायको सहभागितालाई इन्कार गर्दछ र केवल सानो समूहमा रमाउने रोमान्टिक गतिविधिलाई सूत्रशब्द बनाउन पुग्छ । क्रान्तिकारी आन्दोलनका लागि यो एउटा घातक रोग हो । हामीले हाम्रो पार्टी तथा आन्दोलनमा अंशगत रूपमा देखिने उक्त समस्यालाई अभियानकै क्रममा अप्रेसन सञ्चालन गरी हल गर्नुपर्छ र साहसका साथ आमजनतालाई सङ्गठित गर्नुपर्छ । आम जनसमुदायलाई सङ्गठित गर्दा राजनीतिक तथा विचारधारात्मक प्रश्नलाई केन्द्र भागमा राख्दै उनीहरूका तात्कालिक र दीर्घकालिक समस्याहरूलाई पनि सूत्रबद्ध गर्दै हल गर्ने कोसिस गर्नुपर्छ । यसका साथै हरेक समाजमा जनताका बीचमा अनन्य मित्रतापूर्ण अन्तर्विरोधहरू रहेका हुन्छन् । ती अन्तर्विरोधहरूलाई पनि हल गर्दै आमश्रमिक जनतालाई एकताबद्ध गर्न कोसिस गर्नुपर्छ । यसका साथै समाजमा वर्गीय रूपले जनतामाथि भइरहेका विभिन्न उत्पीडनहरूको पहिचान र त्यसका विरुद्ध प्रतिरोध सङ्घर्षलाई सङ्गठित गर्नुपर्छ । यसो गर्दा सङ्गठन निर्माणको प्रक्रिया विशाल हुनपुग्छ । विशाल सङ्गठनात्मक सञ्जालको वैज्ञानिक र वस्तुवादी योजनासहित सञ्चालन र परिचालन गर्दा क्रान्तिकारी पार्टी र जनताबीचको एकता विशाल हुनेछ । जब वैज्ञानिक विचार, राजनीति र कार्यदिशाको जगमा विशाल सङ्ख्यामा जनता सङ्गठित भएर जागृत हुनेछन् तब जतिसुकै शक्तिशाली शासकहरू पनि पराजित हुन पुग्छन् । विचार, राजनीति, कार्यदिशा र सङ्गठनको यही द्वन्द्वात्मक तालमेलको बीचबाट हामीले नेपालमा वैज्ञानिक समाजवादी राज्यसता निर्माण गर्ने महान् उद्देश्य प्राप्त गर्न अगाडि बढिरहेका छौँ । यस अर्थमा हाल चलिरहेको सङ्गठन सुदृढ तथा विस्तार अभियान २ को युगान्तकारी महत्व रहने कुरा निश्चित छ ।

२०७५ माघ  २९ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :