रामेछाप सेक्रेटरी अभिलाषलाई मातृशोक, मध्य कमान्डका इन्चार्ज सुदर्शनद्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछाप जिल्लाका सचिव कुलदीप थापामगर (अभिलाष) लाई मातृशोक परेको छ । अभिलाषकी आमा विमला थापामगरको सोमबार बिहान काठमाडौँको बानेश्वरस्थित सिभिल हस्पिटलमा ७२ वर्षको उमेरमा निधन भएको छ । अभिलाषकी आमा विमला थापामगरको निधन भएकोप्रति नेकपा स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्डका इन्चार्ज सुदर्शनले सोमबारै शोक वक्तव्य जारी गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेता सुदर्शनले मृतक विमला थापामगरका जीवनसाथी छत्रबहादुर थापामगर, छोरा अभिलाषलगायत तीन भाइ छोरा, बुहारी, दुई बहिनी छोरीसमेत परिवारजनप्रति गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।
शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीको पूर्वी ताम्सालिङ ब्युरो सदस्य तथा रामेछाप जिल्ला सचिव क. कुलदीप थापामगर (अभिलाष) की आदरणीय आमा विमला थापामगरको आज बिहान सिभिल हस्पिटल बानेश्वर काठमाडौँमा ७२ वर्षको उमेरमा निधन भएकोमा हाम्रो पार्टी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । यसका साथै विमला थापामगरका जीवनसाथी छत्रबहादुर थापामगर, छोरा अभिलाषलगायत तीन भाइ छोरा, बुहारी, दुई बहिनी छोरीसमेत परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।’

२०७५ माघ २८ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :