अभियान टोलीका सदस्यलाई तत्काल रिहा गर्न माग


काठमाडौँ ः नेकपा उदयपुरका सेक्रेटरी प्रशान्तले पार्टीका सङ्कल्प, मीन, अमृत, रीतु, गौरव र रामकृष्णसहित ६ जना नेता–कार्यकर्तालाई तत्काल रिहाइको माग गरेका छन् । प्रशान्तले प्रेसविज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् ।

बिनाकारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरिएको भन्दै नेकपाले बिनासर्त रिहाइको माग पनि गरेको छ ।
राज्यले दमनविरुद्ध विद्रोह गर्न सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दै त्यसबाट उत्पन्न हुने परिणामको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेकपाका कार्यकर्ताहरुलाई शनिबार दिउँसो उदयपुरको त्रियुगा १५ मा जनतासँग छलफल गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

विज्ञप्तिमा अभियानका क्रममा पार्टीका पक्षमा र दलालहरुका विपक्षमा जनलहर व्यापक बनेपछि अत्तालिएका दलालहरु हिंस्रक विकल्प खोज्दै विभिन्न बहानामा अभियान विफल बनाउन देशैभर षड्यन्त्रको तानाबाना बुनिरहेको उल्लेख छ ।

२०७५ माघ २७ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :