सल्यानमा हिमपात छिचोल्दै नेकपाको अभियान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत सल्यानमा भीषण वर्षा र हिमपात छिचोल्दै तीव्रताका साथ अगाडि बढेको जानकारी प्राप्त भएको छ ।

सल्यानको बागचौर नगरपालिका ८ मा नेकपाको वडा समिति गठन भएको छ । अभियान टोलीले वडा सेक्रेटरी हिला बस्नेत रहने गरी ११ सदस्यीय वडा समिति गठन गरेको हो । वडा नम्बर ८ मै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको पनि समिति गठन भएको छ । गरिमा चन्दको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।

उक्त वडास्थित दरबारटोलमा पार्टी समिति निर्माण भएको छ । खुमा मल्ल सेक्रेटरी रहेको ७ सदस्यीय टोल समिति गठन भएको हो ।

त्यस्तै यमुना मल्ल अध्यक्ष, खुमा मल्ल उपाध्यक्ष, कमला विक सचिव, विष्णु विक कोषाध्यक्ष रहेको ७ सदस्यीय अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको टोल समिति गठन भएको छ ।

उक्त वडास्थित दरबारटोलमै अखिल क्रान्तिकारीको टोल समिति गठन गरेको छ । विनोद गिरी संयोजक रहेको ३ सदस्यीय टोल समिति गठन गरिएको हो ।

त्यस्तै बागचौर नगरपालिका वडा नं १० मा पार्टीको वडा समिति गठन गरिएको छ । वडा सेक्रेटरी ध्रुव केसीको नेतृत्वमा ७ सदस्यीय वडा समिति गठन भएको हो । बागचौर नगरपालिका वडा ९ मा शङ्कर डाँगी सेक्रटरी रहेको ११ सदस्यीय पार्टी वडा समिति गठन गरेको छ ।

वडा नं ९ मै लोकेन्द्र बुढाथोकी अध्यक्ष, भोलाराम कार्की उपाध्यक्ष, युवराज वली सचिव, लोकेन्द्र वली कोषाध्यक्ष रहेको १३ सदस्यीय युवा सङ्गठन नेपालको वडा समिति गठन गरिएको छ ।

वडा नं ९ मा रूपलाल वलीको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको वडा समिति गठन भएको छ । त्यस्तै वडा नं. ९ मै डम्बर डाँगीको संयोजकत्वमा ५ सदस्यीय बुद्धिजीवी सङ्गठन नेपालको वडा समिति गठन गरिएको छ । वडा ९ मै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको वडा समिति गठन गरिएको छ । अभियान टोलीले अञ्जना डाँगीको संयोजकत्वमा ५ सदस्यीय वडा समिति गठन गरेको हो ।

सल्यान जिल्लाको तारमा गाउँपालिका वडा नम्बर ४ मा युवा सङ्गठनको वडा समिति गठन भएको छ । सञ्जीव बोहोरा अध्यक्ष रहेको ९ सदस्यीय युवा सङ्गठन गठन गरिएको जानकारी अभियानकर्मीले दिएका छन् ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको वडा समिति गठन भएको छ । भीमा थापा अध्यक्ष रहेको ९ सदस्यीय वडा समिति गठन भएको छ ।

यसैगरी अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको वडा समिति गठन गरिएको छ । नरेन्द्र थापा अध्यक्ष रहेको ५ सदस्यीय वडा समिति गठन गरिएको हो । अभियान टोलीले तारमा गाउँपालिका वडा नम्बर ७ मौलाहालेमा उद्योग व्यापार महासङ्घको टोल समिति गठन गरेको छ । दीपकजङ्ग संयोजक रहेको ५ सदस्यीय टोल समिति गठन गरिएको जनाइएको छ ।

ओमप्रकाश चन्द सेक्रेटरी रहेको ९ सदस्यीय पार्टी वडा समिति गठन गरिएको छ । सुभेष चन्द अध्यक्ष रहेको ९ सदस्यीय युवा सङ्गठनको टोल समिति गठन गरेको छ ।

दार्मा  गाउँपालिका वडा नम्बर ३ का मीनबहादुर वली संयोजक रहेको ५ सदस्यीय शिक्षक सङ्गठनको वडा समिति गठन गरिएको छ । हरिप्रकाश शर्मा रहेको ५ सदस्यीय पार्टीको वडा समिति गठन गरिएको हो । यसैगरी थारुला बजारमा शेरबहादुर चन्द अध्यक्ष रहेको ११ सदस्यीय उद्योग व्यापार महासङ्घको वडा समिति गठन गरिएको छ ।

कुमाख गाउँपालिका वडा नम्बर ४ पोखरास्थित पोखराटोलमा हरि बिष्ट अध्यक्ष रहेको युवा सङ्गठनको १५ सदस्यीय टोल समिति गठन गरिएको छ । किले कामी अध्यक्ष रहेको ९ सदस्यीय किसान महासङ्घको एकाइ समिति गठन गरिएको जानकारी अभियानकर्मीले दिएका छन् । त्यस्तै रुद्र विक अध्यक्ष रहेको ७ सदस्यीय दलित मुक्ति मोर्चाको एकाइ समिति गठन गरिएको छ । अमृता सुनुवार संयोजक रहेको ११ सदस्यीय महिला सङ्घ क्रान्तिकारीको चिसापानी एकाइ समिति गठन गरिएको छ ।

कुमाख गाउँपालिका वडा नम्बर १ मा भद्रवती बुढा अध्यक्ष रहेको ९ सदस्यीय र गीता राणा अध्यक्ष रहेको ९ सदस्यीय महिला एकाइ समिति गठन गरिएको छ । त्यस्तै हर्क विक अध्यक्ष रहेको ९ सदस्यीय किसानको एकाइ समिति गठन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन, सल्यान जिल्ला इन्चार्ज विश्व, दैलेख जिल्ला इन्चार्ज विवेक, युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटनलगायत नेता अभियानमा गाउँगाउँमा पुगेका छन् ।

नेता पुनले दलाल संसदीय सत्ताभित्र केपी–प्रचण्डबीच भेनेजुएलाको विषयलाई लिएर चुलिएको विवाद नौटङ्की भएको इरातो खबरलाई बताए । उनले दलाल संसदीय व्यवस्थाले जनताको अधिकार सुनिश्चित नगर्ने हुँदा त्यसको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई सङ्गठित हुन आह्वान पनि गरे ।

२०७५ माघ २७ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :