झापामा महिला संगठन र दलित मोर्चाको जिल्ला सम्मेलन सम्पन्न


झापा : झापामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र दलित मुक्ती मोर्चाको जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार झापाको सुरुङ्गामा सम्पन्न अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला सम्मेलनले रोशनी लिम्बुको अक्ष्यक्षतामा १७ सदस्यीय  जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । त्यस्तै दलित मुक्ति मोर्चाको  जिल्ला सम्मेलनले प्रवीण दर्नालको अध्यक्षतामा १७ सदस्यीय दलित मोर्चा  निर्वाचित गरेको छ । सम्मेलनमा प्रमुख अतिथि अनेमसंघकी केन्द्रिय सचिवालय सदस्य मनु अछामी उपस्थित थिइन । त्यस्तै पार्टीको तर्फबाट झापाका जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल उपस्थित थिए । सम्मेलनमा बोल्दै महिला नेतृ अछामीले लैङ्गिक हिंसा बिरुद्ध संगठनले संघर्ष गर्नु पर्ने बताउदै दलाल पुँजीवादी राज्यसत्तालाई अन्त्य गरेर निर्माण गरिने बैज्ञानिक समाजवादले मात्र महिलाका सम्पूर्ण समस्याको हल गर्ने भएकोले एकिकृत जनक्रान्तिको अभियानमा जुट्न सबैलाई अपिल गरिन ।
त्यस्तै नेकपा झापाका सचिव सुमनसिहं पौडेलले आफ्नो पार्टीले अघि सारेको एकिकृत जनक्रान्तिले नेपालमा आम उत्पीडित जाती जनजातीका समस्याहरुको समाधान गर्ने बताए । उनले अब महिलाहरु चुलोचौबाट भन्दा माथि उठेर महिला मुक्तिको बाटो बैज्ञानिक समाजवादको  बाटोमा एकजुट हुनुपर्ने बताए । सम्मेलनमा अनेमसंघ क्रान्तिकारीकी मेची ब्युरो संयोजक सिता बास्कोटा र दलित मुक्ति मोर्चाका ब्युरो संयोजक मंगेश लकान्द्रीले बोलेका थिए । नव निर्वाचित समितिका अध्यक्षहरुले संगठनलाई जनताको बिचमा लिएर जाने प्रतिवद्धता ब्यक्त गरे । ।

२०७५ माघ २७ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :