आत्मसमर्पण गर्न नेकपाको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टी भद्रपुर नगरसमितिले पार्टीका नाममा रकम असुली गर्ने सुवास कोइराला (टीका कार्की) लाई ७ दिनभित्र पार्टीमा आत्मसमर्पण गर्न सार्वजनिक चेतावनी दिएको छ । पार्टीका भद्रपुर सेक्रेटरी प्रवीन मिश्रद्वारा जारी विज्ञप्तिमा आफूलाई अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बताउँदै भद्रपुर विद्युत् प्राधिकरणलगायत विभिन्न स्थानबाट लाखौँ रकम असुली गरेको पाइएकाले सार्वजनिक विज्ञप्ति जारी गर्नुपरेको बताइएको छ ।

भद्रपुर नगरपालिका घर भै काठमाडौँ स्थायी बसोबास गर्ने ४० वर्षजति उमेरको मोबाइल नम्बर ९८६६१९३२२६, ९८६९४२१५७३, ९८४०६४७७५८ र मोटरसाइकल नम्बर को ५ प ६९७१ प्रयोग गर्ने सुवास कोइरालालाई ७ दिनभित्र पार्टीसमक्ष आत्मसमर्पण गर्दै सम्बन्धित संस्था र व्यक्तिहरूलाई असुलेको रकम फिर्ता गर्न र सार्वजानिक माफी माग्न चेतावनी दिइएको छ ।

विज्ञप्तिमा ७ दिनभित्र सम्पर्कमा नआए निजले प्रयोग गरेको मोटरसाइकल र निजी सम्पत्ति जफत गरी सम्बन्धित संस्था र व्यक्तिहरूको रकम फिर्ता गरिने र आमजनसमुदायलाई निज व्यक्ति र मोटरसाइकल भेटेदेखेमा पक्राउ गरी पार्टीलाइ बुझाउन सहयोग गर्न अपिलसमेत गरिएको छ ।

२०७५ माघ २५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :