प्युठानमा अभियान तीव्र

प्युठान : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको दुईमहिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत प्युठानमा तीव्रताका साथ अगाडि बढिरहेको छ ।

जिल्लाका विभिन्न नगरपालिकामा अभियान टोली पुगेर भेटघाट, अन्तक्र्रिया तथा सभा आयोजना गरिएको अभियान टोलीका सदस्यले बताएका छन् ।

यसैक्रममा नैबैहिनी गाउँपालिकास्थित बाहाने बजार, प्युठान नगरपालिकाको बागदुला बजार र खरीबोट बजारमा कोणसभा सम्पन्न भएको जनाइएको छ । प्रकाश ओली र प्रयासले कोणसभालाई सम्मोधन गरेका थिए । कार्यक्रम सञ्चालन याकले गरेका थिए ।

२०७५ माघ २५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :