सामना परिवारका कलाकार गिरफ्तार, बिनासर्त रिहा गर्न जनसांस्कृतिक महासङ्घको चेतावनी

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई पाँचथर जिल्लाको श्री दुर्गा मावि रविबजारबाट प्रहरीले गिरफ्तार गरेर फिदिम लगेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट महासङ्घका महासचिव खेम थपलियाले बिहीबार प्रेसविज्ञप्ति प्रकाशित गरी उक्त विषयमा ध्यानाकर्षण गराएका छन् ।

उनले गिरफ्तार जनकलाकारहरूलाई यथाशीघ्र रिहा गर्न माग पनि गरेका छन् । महासङ्घले आफ्ना कार्यकर्ताहरु रिहा नगरिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएको छ । त्यसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् सरकार हुने चेतावनी महासङ्घले विज्ञप्तिमार्फत दिएको हो ।

२०७५ माघ २४ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :