गिरफ्तारीविरुद्ध नेकपाले भोलि धादिङ बन्द गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धादिङले जिल्लाका चारजना नेता–कार्यकर्तालाई सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा वालपेन्टिङ गर्दागर्दै सरकारले गिरफ्तार गरेको भन्दै माघ २४ गते मसालजुलुस र माघ २५ गते जिल्ला बन्दको घोषणा गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी बुद्धले प्रेसविज्ञप्ति प्रकाशित गरी मसालजुलुस र बन्द कार्यक्रम घोषणा गरेका हुन् ।

उनले गिरफ्तारीमा परेका कार्यकर्तालाई तत्काल रिहा नगरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य कुवेर घिमिरे (सुरक्षा), युवा सङ्गठन धादिङका अध्यक्ष ईश्वर श्रेष्ठ (चट्टान) र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ धादिङका त्रिचन्द्र देवकोटा (इच्छुक) सहित तीनजनालाई बुधबार सिद्धलेक गाउँपालिका पुङ्चुङबाट वालपेन्टिङ गर्दागर्दै गिरफ्तार गरेको थियो ।

२०७५ माघ २४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :