गिरफ्तारी धरपकडको विरोध गर्दै : मोहन वैद्य ‘किरण’

baidya

काठमाडौं/जेठ २६, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेकपाका बहिष्कार आन्दोलनमा सहभागी नेकपाका नेता कार्यकर्तालाई पक्राउ नगर्न र पक्राउ गरेकालाई अबिलम्ब रिहाई गर्न जोडदार माग गर्नुभएको छ । शुक्रबार एक वक्तव्यमा भनिएको छ– ‘केही समययता वर्तमान संसदीय व्यवस्थाको निर्वाचन बहिष्कार आन्दोलनमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई ठूलो संख्यामा धरपकड गर्ने, यातना दिने, जेल चलान गर्ने र मुद्दा लगाउने जस्ता गैरलोकतान्त्रिक क्रियाकलाप भइरहेका समाचारहरु प्राप्तप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै संसदीय निर्वाचनहरुमा भाग लिनु तथा उपयोग गर्नु जस्तै बहिष्कार गर्नु पनि लोकतान्त्रिक अधिकार हो ।  यस प्रकारको अधिकारको उल्लंघन गरी बहिष्कार आन्दोलनमा संलग्न पार्टीका नेता कार्यकर्ताहरुप्रति उक्त प्रकारको व्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक, निन्दनीय र तानाशाही प्रवृत्तिको प्रदर्शन गरेको बताउनु भएको छ ।

विज्ञप्ति सहित

Press-statement-MOHAN BAI

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :