नौलाखा तारा – अगमसिंह गिरी

agam sing giri

(भारतद्वारा प्रतिबन्धित गीत)
‘‘नौ लाख तारा उदाए धर्तीको तारा हाँसेछ
शरद लाग्यो वनमा फूलले पिरती गाँसेछ ।
नजली यहाँ झिलिली मनको तार निभेछ
गुराँस फूल्यो पहाडमा मनको फूल झरेर ।
नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको ।
सुनको सपना आँसुमा किन हो बाँधिल्यायौं नि
मनको आगो निभाउन किन पो यहाँ आयौ नि ।
मुटुको रगत एउटै हो पीरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौैै के मनको चोेट बेग्लै छ ।
नियाली हेर हामीलाई भिजेको छैन परेला
आँसुको गह भिजाए अरुले निर्धो सम्झेला ।
बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर
अरुको सारमा हाँसेको  आँसुका घुट्का पिएर ।
पहाडी फूल नफूली किन पो चुँडिल्यायौ नि
घरको माया बिर्सेर किन पो यहाँ आयौ नि’’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :