सशक्त प्रतिरोध गर्ने

Jhapa_nepal-mapअम्बिका चन्द/काठमाडौं: जेठ २६, नेपाल कम्युनिस्ट पार्टी, झापाले आफ्ना निशस्त्र नेताहरुलाई गिरप्तार गरी ‘विस्फोट पदार्थसहित पक्राउ गरिएको’ भन्ने आरोपको खण्डन गरेको छ । नेकपाका जिल्ला इन्चार्ज उमेशद्वारा शुक्रवार जारी विज्ञप्तिमा पार्टीका जिल्ला सचिवालय सदस्यद्वय तारावहादुर थापा ‘प्रशान्त’ र दिलिप थापा ‘दिलिप’ लाई आफनो व्यक्तिगत कामको सिलसिलामा काठमाडौंबाट झापा जाँदै गरेको बेला रौतहटको चन्द्रनिगाहापुरमा प्रहरीले पक्राउ गरेको जनाइएको छ । विज्ञप्तीमा प्रहरीले विनाकारण निशस्त्र व्यक्तिलाई पक्राउ गरेको तर नेकपाका व्यक्ति भएकै कारण विस्फोटक पदार्थसहित पक्राउ गरिएको भनी प्रचार गर्दै सुनियोजितरुपले झुटा मुद्दामा फसाउने षड्यन्त्र गरेको बताएको छ ।  देशव्यापी रुपमा आफनो पार्टीका नेताकार्यकर्तालाई गैर कानुनी रुपले पक्राउ गर्ने र बन्धक वनाउने गरेको भन्दै विज्ञप्तीमा यसको शसक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :