नेपालमा संसदीय व्यवस्था असफल : विषम

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी सञ्चालन गरिरहेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान मध्यपश्चिम केन्द्रीय कमान्डमा पनि घनीभूत तरिकाले अघि बढिरहेको छ । उक्त कमान्डको राप्ती लुम्बिनी र गण्डकी ब्युरोमा एक ब्युरोमा तीनतीनवटा केन्द्रीय अभियान टोली क्रियाशील छन् । धौलागिरि ब्युरोमा भने कमान्डस्तरीय अभियान टोली क्रियाशील रहेको बताइएको छ ।

उक्त कमान्डमा अभियान उत्साहजनक तरिकाले अघि बढिरहेको नेकपाका स्थायी समिति सदस्य तथा मध्यपश्चिम केन्द्रीय कमान्ड इन्चार्ज विषमले बताएका छन् । अभियानमा प्रचारात्मक र सङ्गठन निर्माण दुवै कार्य सँगसँगै अघि बढिरहेको जानकारी दिँदै नेता विषमले आफ्नो पार्टीले सञ्चालन गरिरहेको अभियानले कम्युनिस्ट नामको सरकारले छरेका भ्रमहरू चिर्ने र जनतालाई विप्लव नेतृत्वको नेकपा नै वास्तविक कम्युनिस्ट हो भन्ने आभास दिलाउने काम अभियानले गरिरहेको जानकारी दिए । जनतालाई यो कम्युनिस्ट सरकार होइन, सरकार हो भन्ने कुरा स्पष्ट बनाउन पनि अभियान टोली लागिरहेको र नेपालमा संसदीय व्यवस्था असफल भैसकेको कुरा जनतालाई बुझाउन अभियान टोली जनतामा गएको बताए ।

केपी–प्रचण्डको सरकार असफल भैसकेको अवस्थामा अब यो संसदीय व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले अघि सारेको वैज्ञानिक समाजवादी व्यवस्था निर्विकल्प भएको र त्यो आफ्नो पार्टीको नेतृत्वमा अघि बढिरहेको एकीकृत जनक्रान्तिको बाटोबाट स्थापना हुने नेता विषमको भनाइ छ । नेता विषमले अभियानको अवधिमा वर्तमान सरकार कम्युनिस्ट सरकार हो भन्ने जनतामा परेको भ्रम चिर्ने काम पनि भैरहेको बताए ।

अहिले मध्यपश्चिम कमान्डमा परिचालित अभियान टोली जनभेला, टोलभेला, पिँढीभेला, कोठेभेलाहरू गर्दै अघि बढिरहेको छ । ठाउँठाउँमा सङ्गठन निर्माण, गठन, पुनर्गठन पनि भैरहेको नेकपाले जनाएको छ ।

२०७५ माघ २४ गते  बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :