सल्यानका गाउँगाउँ विप्लवमय

सल्यान: विप्लव नेतृत्वको नेकपा सल्यानका गाउँगाउँमा पुगेर सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । नेकपाले जिल्लाका छत्रेश्वरी, कुमाख, दार्मा गाउँपालिका र बागचौर नगरपालिकामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान अगाडि बढाएको छ ।
स्थानीय तहमा मङ्गलबार एकै दिन १७ वटा सङ्गठन बनाएको नेकपाले बुधबार २१ वटा सङ्गठन निर्माण गरेको छ । २१ सङ्गठनमा २१३ जना सदस्य छन् ।

बागचौर नगरपालिका ५ मा पूर्ण चन्द सेक्रेटरी रहेको ११ सदस्यीय वडा समिति निर्माण गरिएको छ । सोही वडामा रेशम परियारको अध्यक्षतामा ७ सदस्यीय युवा सङ्गठन वडा समिति निर्माण भएको छ । बानपाकै वडा नं. ३ मा लालबहादुर रसाई सेक्रेटरी रहेको ११ सदस्यीय वडा समिति, गीता डीसीको अध्यक्षतामा १३ सदस्यीय महिला वडा समिति, खालीडाँडामा अन्जु रसाइलीको अध्यक्षतामा १७ सदस्यीय महिला एकाइ समिति गठन गरिएको नेकपा सल्यानले जनाएको छ । उता कुमाख गाउँपालिकामा विशाल सेक्रेटरी रहेको ९ सहस्यीय गाउँपालिका समिति निर्माण गरिएको छ । कुमाखकै वडा नं. २ मा नोखिराम चुनारा सेक्रेटरी रहेको ५ सदस्यीय वडा समिति निर्माण भएको छ । तिलक परियारको अध्यक्षतामा १३ सदस्यीय दलित मुक्ति मोर्चा गठन भएको छ । वडा नम्बर २ को कोटबारामा उमा परियारको अध्यक्षतामा २१ सदस्यीय महिला एकाइ समिति र खत्री टोलमा रूपकली सुनारको अध्यक्षतामा १५ सहस्यीय महिला एकाइ समिति बनेको जनाइएको छ ।

कुमाखकै वडा नम्बर ४ मा पनि मुना विकको अध्यक्षतामा १७ सदस्यीय वडा समिति बनेको छ । टीकाराम विकको अध्यक्षतामा ७ सदस्यीय दलित मुक्ति मोर्चा वडा कमिटी निर्माण भएको छ । सुरेश नेपालीको अध्यक्षतामा ९ सदस्यीय युवा सङ्गठन पनि निर्माण भएको छ । छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ४ हारिचारमा गोपाल खड्का सेक्रेटरी रहेको ५ सदस्यीय पार्टी एकाइ समिति निर्माण भएको छ । हारिचारमै मीना वलीको अध्यक्षतामा ७ सदस्यीय महिला एकाइ समिति निर्माण गरिएको नेकपा छत्रेश्वरीले जनाएको छ । छत्रेश्वरीको वडा नम्बर ४ जयचौर बजारमा कोणसभा आयोजना गरिएको थियो । सभामा दैलेख जिल्ला इन्चार्ज विवेक, छत्रेश्वरी गाउँपालिका इन्चार्ज टोपबहादुर केसीलगायतले मन्तव्य राखेका थिए । उनीहरूले आफ्नो पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिलाई साथ दिन पनि आग्रह गरे ।

त्यसैगरी दार्मा गाउँपालिका वडा नं. ५ मा मित्रमणि खड्का सेक्रेटरी रहेको ९ सदस्यीय वडा समिति बनेको नेकपा दार्माले जनाएको छ । अम्बरबहादुर खड्का प्रमुख रहेको ५ सदस्यीय जनपरिषद् नेपाल गठन भएको छ । यो नेकपाले सञ्चालन गरेको जनसत्ता हो ।
दार्माको वडा ५ नं. मै थलबहादुर वलीको अध्यक्षतामा ९ सदस्यीय युवा सङ्गठन निर्माण भएको छ । यहाँ दीपक वली संयोजक रहेको ५ सदस्यीय किसान समिति निर्माण गरिएको जनाइएको छ । वडा नम्बर ५ को जलेखर्कमा पनि विनोद केसी संयोजक रहेको ९ सदस्यीय युवा एकाइ समिति निर्माण भएको छ । वडा नम्बर ६ मा कल्पना खड्का संयोजक रहेको ९ सदस्यीय महिला वडा समिति निर्माण भएको नेकपा सल्यानले जनाएको छ । यसरी जिल्लाका विभिन्न ठाउँमा सङ्गठन विस्तारका लागि टिम छुट्ट्याएर प्रशिक्षण दिइरहेको जानकारी नेकपा सल्यानका इन्चार्ज विश्वले दिएका छन् ।

सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान र प्रशिक्षणका लागि नेकपाका केन्द्रीय सदस्य मिलन, सल्यान जिल्ला इन्चार्ज विश्व, दैलेख जिल्ला इन्चार्ज विवेक, युवा सङ्घका केन्द्रीय अध्यक्ष पाटन, अनेमसङ्घ राप्ती व्युरो संयोजक हेमन्ता, नेकपाका सल्यान जिल्ला सदस्य टाइगर, मोहन पुरुष, टोपबहादुर केसीलागयतको समूह गाउँगाउँमा खटिएको छ । उनीहरूले जनतालाई आफ्नो पार्टीको एकीकृत जनक्रान्तिलाई साथ दिन आग्रह पनि गरेका छन् ।

२०७५ माघ २४ गते  बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :