मलेसियामा मनाइयो २४ औँ जनयुद्ध दिवस

मलेसिया : विप्लव नेतृत्वको नेकपा समर्थित नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले मोर्चाले २४ औँ जनयुद्ध दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि मलेसिया पार्टी संयोजक महेश ओली थिए । कार्यक्रमको विशेष अतिथिमा पूर्वमहासचिव अर्जुन सुवेदी थिए भने स्वागत मन्तव्य मोर्चाका सचिव खगेन्द्र खड्काले राखेका थिए । जनयुद्ध दिवस कार्यक्रमको सञ्चालान समर्पण भट्टराईले गरेका थिए भने अध्यक्षता नेपाली जनप्रगतिशील मोर्चाका पूर्वअध्यक्ष विस्फोट मगरले गरेका थिए ।

जनयद्ध दिवसका सन्दर्भमा मोर्चाले तीनजना सहिद परिवारलाई सम्मान गरेको छ । महान् जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरूको उच्च सम्मान गर्दै सहिद परिवारलाई सम्मान गरिएको मोर्चाले जनाएको छ । सहिदपत्नी लालकुमारी रोका, सहिद परिवारहरू विजय हमाल र कृष्ण चौधरीलाई पनि सम्मान गरिएको छ । सहिद परिवारहरूले विप्लव नेकपाले प्रचण्ड–बाबुरामले जस्तो धोका दिन नसक्ने भन्दै आफूहरू पुनः सक्रिय भएर पार्टी र क्रान्तिमा होमिएको बताए ।

कार्यक्रममा जोहोर क्षेत्रीय समितिका अध्यक्ष शैलेश यादवले शुभकामना मन्तव्य राख्दै प्रवासबाट क्रान्तिकारीहरू एकजुट भएकोमा खुसी व्यक्त गरेका थिए । मोर्चाका महासचिव सन्दीपले शुभकामना मन्तव्य पठाउँदै क्रान्ति र पार्टीप्रति उल्लासमय सहभागिता रहेको बताए । मोर्चाका पूर्वमहासचिव अर्जुन सुवेदीले जनयुद्धको उद्देश्य प्राप्तिका निम्ति निरन्तर सङ्घर्ष आवश्यक भएको बताए । उनले मजदुरहरूप्रति सदैव मोर्चा जिम्मेवार भएर अगाडि बढ्नुपर्ने सुझाव पनि दिए । मलेसिया पार्टी संयोजक महेश ओलीले मोर्चा मजदुरको अधिकार र क्रान्तिका लागि निरन्तर एकताबद्ध भएर प्रवासबाट पनि लागिपर्नुपर्ने बताए । मोर्चाका अध्यक्ष विस्फोट मगरले कार्यक्रम सानदार रूपमा सम्पन्न भएको बताए ।

यसै क्रममा मोर्चाको भेला पनि सम्पन्न भएको छ । भेलाले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । मोर्चाको अध्यक्षमा विजय लामा, उपाध्यक्षमा मीनबहादुर सुनार तुफान, महासचिवमा सन्दीप खड्का, सचिवमा खगेन्द्र खड्का, कोषाध्यक्षमा रवि बोहोरा छानिएका छन् ।
मोर्चाको कार्यालय टिममा समर्पण भट्टराईलाई मोनोनीत गरिएको छ भने वैकल्पिक कार्यालय सदस्यमा सन्तोष योन्जन तामाङलाई मनोनीत गरिएको छ । मनराज शाही, ज्ञानबहादुर रावल, विशाल चनारा, शिव ढकाल, शैलेश यादव, कैलाश कार्की, नैन बुढा, प्रेम साउद, खगेन्द्र भट्टराई, युवि मिश्र, सन्तोष विश्वकर्मा, सुवास आरोही, सुरेश केसी, कमल खड्का, सुरेश केसीसहितको नयाँ कार्यसमितिको पनि निर्माण भएको छ ।

२०७५ माघ २४ गते  बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :