धादिङबाट पनि चार अभियानकर्मी गिरफ्तार

काठमाडाैँ  : सरकारले बुधबारै नेपाल कम्युनिस्ट पार्टी धादिङका चारजना नेता–कार्यकर्तालाई सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा वालपेन्टिङ गदागर्दै गिरफ्तार गरेको छ ।

सिद्धलेक गाउँपालिका पुङ्चुङबाट वालपेन्टिङ गर्दागर्दै गिरफ्तार हुनेमा युवा सङ्गठनका केन्द्रीय सदस्य कुवेर घिमिरे, अखिल नेपाल टे«ड युनियन महासङ्घ क्रान्तिकारीका धादिङ जिल्ला अध्यक्ष त्रिचन्द्र देवकोटा, चट्टान र अर्का एकजना कार्यकर्ता रहेको जानकारी नेकपा धादिङले दिएको छ ।

उनीहरूलाई अपराह्न चार बजे गिरफ्तार गरिएको हो । यसअघि प्रहरीले बुधबारै अर्घाखाँचीमा क्रियाशील नेकपाको अभियानटोलीलाई गिरफ्तार गरेको थियो ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :