जनयुद्धको अधार गाउँमा नेकपाको अभियान


जाजरकोट : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदढीकरण तथा विस्तार अभियान २ जाजरकोटमा घनीभूत रूपले अगाडि बढेको छ । अभियानको क्रममा जिल्लाभरि सत्तारूढ पार्टी नेकपा र नेपाली काङ्ग्रेसका एक सय ५० जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
मङ्गलबार जिल्लाको गर्छिनामा जनसभा सम्पन्न भएको छ । सभालाई अभियान टोलीका नेता महेन्द्रले सम्बोधन गरेका थिए । सभामा सयौँ जनता सहभागी थिए । जनयुद्धको अधार गाउँ थाप्ला, लहालगायत ठाउँमा अभियान टोली परिचालन भएको छ ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :