काठमाडौँमा नेकपाको अभियान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले उपत्यकाका तीन वटै जिल्लामा ‘सङ्गठन सुदृढीकीकरण तथा विस्तार अभियान–२’ तीव्र पारेको छ ।
पार्टीको उपत्यका विशेष ब्युरोले आफ्ना जिल्लाहरूमा अभियान तीव्र गतिमा अगाडि बढाएको हो । अभियानको प्रभाव निकै बाक्लो परेको अभियानमा सहभागीहरूले जनाएका छन् ।

अभियानमा सङ्गठन
काठमाडौँको नागार्जुन नगरपालिका ८ को घट्टेखोलामा स्थानीय स्तरमा सभा र बैठक सम्पन्न भएको छ । घट्टेखोलास्थित द स्यारोन स्प्रिङ मिनिरल वाटर एन्ड बेभरेज इन्डस्ट्रिजमा एकाइ समिति गठन गरिएको समाचारमा जनाइएको छ । टोलीमा सहभागीहरूले स्थानीयको घरमा निःशुल्क श्रमसमेत गरेका छन् ।
प्राप्त समाचारअनुसार रीता गिरीको अध्यक्षतामा ७ सदस्यीय महिला समिति गठन भएको छ । सचिवमा स्मृति तामाङ, कोषाध्यक्षमा सुष्मा गिरी, सदस्यहरूमा कौशिला गिरी, सुष्मा गिरी, अमृता गिरी र भावना बुढाथोकी छन् । सुरेन्द्र महर्जनको नेतृत्वमा पुगेको अभियान टोलीको पहलमा समिति गठन गरिएको जानकारी पत्रकार जितेन्द्र महर्जनले दिएका छन् । सभामा नागार्जुन नगरपालिका सेक्रेटरी महेन्द्र तामाङ, युवा सङ्गठनका कुमारलगायत नेताहरूको उपस्थिति थियो । ग्रामीण क्षेत्र रहेको यस भेगमा टोलीले पैदल हिँडेर अभियान चलाइरहेको छ ।
अभियानबाट स्थानीय बासिन्दा उत्साहित भएका छन् । उनीहरूले आफूहरू हरेक सरकारबाट भएका भ्रष्टाचार र दलालीले हैरान भइरहेको बेलामा नेकपाले चलाएको अभियानमा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :