सगरमाथा ब्युरोमा नेकपाको अभियान तीव्र

भोजपुर : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ सगरमाथा ब्युरोमा तीव्र रुपमा अगाडि बढाएको छ । ब्युरो अन्तरगत भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा अभियान घनिभूत रुपमा अघि बढेको छ ।   चुरेक्षेत्रदेखि महाभारत आसपासका गाउँदेखि हरेक जिल्लाको गाउँबस्तीमा विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता संगठन विस्तार तथा श्रमदानमा जुटेका छन् ।

सगरमाथा ब्युरो अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. १२,१३,१४ र १५ चौदण्डिगढी नगरपालिकाको १,२,३,४,७,८ र बेलका नगरपालिकाको २, ३ र ४ मा अभियानको २२ औं दिनसम्म आईपुग्दा सयाँै संगठन निर्माण भएका छन् ।

अहिलेसम्म एक सय ४० भन्दा बढी संगठन निर्माण भएको अभियान टोलीका प्रमुख तथा केन्द्रीय सदस्य सन्जीवले जानकारी दिनुभयो । दर्जनौ स्थानमा कोढसभा, पिडि सभा सम्पन्न भएका छन् ।

त्यस्तै भोजपुरको हतुवागढीको हसनपुर,आम्चोक गाउँ पालिकाको वडाहरु ८,९ र १० नम्बर वडाहरुमा दर्जनौं संगठन निर्माण र कोणसभा पिढी सभाहरु सम्पन्न भएका छन् भने अहिलेसम्म सयौँ स्थानमा भित्तेलेखन भएको छ । अभियानका क्रममा विभिन्न पार्टीका नेताकार्यकर्ता धुर्वीकृत हुने क्रम जारी छ ।

पूर्व एमाले सिद्धिपुर गाविस अध्यक्ष हरिभक्त राईको नेतृत्वमा दर्जन बढी नेताकार्यकर्ता ध्रुबिकृत भएका छन । त्यस्तै कांग्रेसका चौडण्डी नगरपालिका का सकृय नेता भुपजित राई नेतृत्वमा ११ जना धुर्र्वीकृत भएका छन् । त्यस्तै अभियान टोली प्रमुख तथा केन्द्रीय सदस्य सञ्जीव आफै अभियान टोलीसँगै श्रमदानमा जुटेका थिए ।

भोजपुरको आम्चोक गाउपालिका मा गोपाल परियारको घर निर्माणमा नेकपाका नेता कार्यकर्ता जुटेका छन भने त्यस्तै उदयपुरको चौदन्डी नगरपालीको कुसुमचौरी,अमलचौरी,बुद्धचोक मा पार्टीका केन्द्रिय सदस्य तथा अभियान टोलीका प्रमुख सञ्जीवको नेतृत्वमा आफन्त नभएका बृद्धा अवस्था भएका जनताको लागी दाउरा काट्ने दाउरा ओसारपसार गर्ने कार्य सप्पन्न भएको बताइएको छ ।

त्यस्तै सोही ठाउँमा जनताको करेसाबारी बार्ने, सरसफाइ गर्ने जस्ता कार्यहरु भएका छन् । त्यस्तै अभियान कै क्रममा त्रियुगा नगरपालीका वडा नं. १३ धाप्लाङमा अभियान टोली समुह (ग) का प्रमुख अग्रिमको नेतृत्वमा जनताको खेतमा मल बोक्ने, बारि सम्याउने, सरसफाइ गर्ने कार्य सम्पन्न भएको छ ।

सगरमाथा ब्युरो अन्तर्गत सञ्चालन भएको अभियान लाई चार समूह गरि अभियान सञ्चालन गरिएको छ । चार वटै समुहको समिक्षा बैठक सम्पन्न भएका छन् । अभियानको २२ औँ दिनसम्म आइपुग्दा जनताले हाम्रो पार्टी प्रति अपार माया, विश्वास आकर्षण बढेको जानकारी नेता सञ्जीवले दिए्रका छन् ।

संसदीय पार्टीले जनता ठग्ने लुट्ने काम गरेको भन्दै उनले वर्तमान सरकारप्रति जनताको बितृष्ण बढेको बताएका छन् ।
उनले भने ‘हाम्रो पार्टीले निर्धारण गरेको लक्ष्य सहि समयमा हासिल हुनेमा हामि विश्वस्त छाैँ ।’

२०७५ माघ २२ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :